default_image

General

January 26, 2023

गण्डकी सेमिफाइनलमा, सेन्ट जोसेफ जितविहीन हुँदै बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब जितविहीन हुँदै बाहिरिएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली गण्डकीसँग ३–० को सोझो सेटमा पराजित हुँदै सेन्ट जोसेफ बाहिरिएको […]

January 26, 2023

गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लब पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ लगातार तेस्रोपटक उपाधिनजिक पुगेको हो । पहिलो संस्करणमा पुलिससँग ३–० को सोझो […]

January 26, 2023

प्रतिभा सम्मिलित क्लब वेम्को फाइनलमा

माले (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्टार स्पाइकर प्रतिभा माली सम्मिलित क्लब वेम्को माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतिभा सम्मिलित क्लब वेम्कोले नेपाली राष्ट्रिय टोलीकै अर्का सदस्य उषा भण्डारी सम्मिलित क्लब एगल्सलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । माल्दिभ्सस्थित युथ सेन्टर इन्डोर हलमा बुधबार राति […]

January 25, 2023

सुटिङकी सुस्मिताले आईएसएसएफ विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने आईएसएसएफ विश्वकप राइफल एण्ड पेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । ओलम्पिक छात्रवृत्ति होल्डर सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस स्पर्धामा सुस्मिताबाट पदकको अपेक्षा गरिएको छ । सुस्मिताको प्रशिक्षकमा प्रदिप खाती छन् । […]

January 25, 2023

मेयर कप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – जैशीदेवल युथ क्लबको आयोजनामा तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । ४ सय खेलाडीको सहभागिता रहने छ । गेरोगीमा १६ तथा पुम्सेमा ४ गरी जम्मा २० स्पर्धामा […]

January 25, 2023

टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ वल्र्ड जुनियर यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत प्रि क्वालिफाइङका लागि नेपालबाट ३ पुरुष खेलाडी छनोट भएका छन् । बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् । प्रतियोगिता फेब्रुअरी १३ देखि १८ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ […]

January 25, 2023

स्केटबोर्ड टोली शारजाह जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – स्केटबोर्ड विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार युएइको शारजाह प्रस्थान गर्ने भएको छ । जनवरी २९ देखि फेब्रुअरी १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा गजेन्द्र बर्देवा र बसन्त राई तथा महिलामा पेम्बा श्रेष्ठ र समिक्षा […]

January 25, 2023

जुनियर उसुमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन […]

January 25, 2023

कुलपति रनिङ सिल्डको सेमिफाइनल समिकरण पूरा

पोखरा (हाम्रो खेलकुद) – सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि मंगलबारै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयले अन्तिम चारमा स्थान पक्का गरिसकेको थियो । गण्डकी विश्वविद्यालय आयोजनामा पोखरा रंगशालामा बुधबार भएको […]

January 25, 2023

एनएसएस कप फुटबल र बास्केटबल शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल स्कुल अफ साइन्सेस (निष्ट) ले उपत्यकाव्यापी अन्तर विद्यालय फुटबल र बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ फुटबल र बास्केटबल प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म हुने जानकारी गराएको छ । फुटबल सेभेन ए साइड र बास्केटबल फिबाको नियमअनुसार खेलाइने प्रतियोगिताको संयोजक […]

Success

Thank you for your time.