January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४६ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको विभागका निर्देशक प्रचण्ड शर्माले जनाएका छन् । तालिमको प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे ।
January 31, 2023
म्याग्दी (हाम्रो खेलकुद) – भलिबलको उर्वर भुमि म्याग्दी जिल्लामा उमेर समूहको छात्र र छात्रा अन्तर माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न जिल्ला भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषबीच १० वर्ष लामो सम्झौता भएको छ । म्याग्दी जिल्ला भलिबल संघको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता […]
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शहीद दिवसका अवसरमा सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको शहीद दशरथ चन्दको शालिक रहेको स्थानमा कार्यक्रम भएको थियो । राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले शहीद चन्दको शालिकमा पुष्पगुच्छा चढाईं श्रद्धाञ्जली अर्पण […]
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरिन् । सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन् ।
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रणव मानन्धर र सुनिरा थापाले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ मा सोमबार विजयी सुरुआत गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, भारतका प्रत्यक्ष, […]
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इचंगुनारायण डोजो र ब्रह्माष्मी स्कुलले प्रथम सरस्वती कप सिनियर तथा जुनियर कराँते प्रतियाेगिताको उपाधि जितेको छ । नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा १३ र १४ माघमा भएको प्रतियोगितामा सिनियरतर्फ इचंगुनारायण डोजोले तथा जुनियरमा ब्रह्माष्मीले उपाधि जितेको हो । सिनियरतर्फ कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचंगुले २ स्वर्ण २ […]
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सह–महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् । राखेपले गत बिहीबार करातेका संस्थापक […]
January 29, 2023
एजेन्सी – चौथो वरीयताका सर्वियन नोभाक जोकोभिचले कीर्तिमानी १०औं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् । आइतबार तेस्रो वरीयताका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजि गर्दै जोकोभिचले कीर्तिमानी १०औंपटक अष्ट्रेलियन ओपन जित्न सफल भएका हुन् । मेलवर्न पार्कमा आइतबार भएको फाइनलमा ग्रीसका सित्सिपासलाई पहिलो सेटमा ६–३ ले सहजै पराजित गरेपनि जोकोभिचले दोस्रो […]
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जितेकी युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले सम्मान गरेको छ । फाउन्डेसनले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी थाइल्यान्डको बैंककमा यसैसाता सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक रजतधारी सुष्मालाई २५ हजार रुपैयाँले सम्मानित गरेको हो । उनले फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले २५ हजार रुपैयाँको […]
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैशीदेवल युथ क्लब […]