default_image

General

January 27, 2023

एपिएफ अपराजित रहँदै फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ अपराजित रहँदै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहँदै उपाधिनजिक पुगेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई २५–१०, २५–२१ र २५–१८ […]

January 27, 2023

गण्डकीलाई हराउँदै डायमण्ड तेस्रो

पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित गर्दै डायमण्डले तेस्रो स्थान हासिल गरेको हो । […]

January 26, 2023

सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने

कैलाली (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको […]

January 26, 2023

भद्रकाली र कालिका फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई टोलीबीच शुक्रबार पोखरा रंगशालामा फाइनल हुनेछ । गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको […]

January 26, 2023

एलआरआई बास्केटबल र फुटसलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नवौं एलआरआई बास्केटबल र फुटसल फेस्टको तयारी पूरा भएको आयोजक एलआरआई स्कुलले जनाएको छ । एलआरआई स्कुलले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । माघ १३ देखि १९ गतेसम्म हुने प्रतियोगितामा राजधानीका १६ विद्यालयको सहभागिता रहने र प्रतियोगिता लिक कम नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजक स्कुलका प्रशासन प्रमुख […]

January 26, 2023

आर्मीले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई २५–१७, […]

January 26, 2023

गण्डकी सेमिफाइनलमा, सेन्ट जोसेफ जितविहीन हुँदै बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब जितविहीन हुँदै बाहिरिएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली गण्डकीसँग ३–० को सोझो सेटमा पराजित हुँदै सेन्ट जोसेफ बाहिरिएको […]

January 26, 2023

गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लब पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ लगातार तेस्रोपटक उपाधिनजिक पुगेको हो । पहिलो संस्करणमा पुलिससँग ३–० को सोझो […]

January 26, 2023

प्रतिभा सम्मिलित क्लब वेम्को फाइनलमा

माले (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्टार स्पाइकर प्रतिभा माली सम्मिलित क्लब वेम्को माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतिभा सम्मिलित क्लब वेम्कोले नेपाली राष्ट्रिय टोलीकै अर्का सदस्य उषा भण्डारी सम्मिलित क्लब एगल्सलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । माल्दिभ्सस्थित युथ सेन्टर इन्डोर हलमा बुधबार राति […]

January 25, 2023

सुटिङकी सुस्मिताले आईएसएसएफ विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने आईएसएसएफ विश्वकप राइफल एण्ड पेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । ओलम्पिक छात्रवृत्ति होल्डर सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस स्पर्धामा सुस्मिताबाट पदकको अपेक्षा गरिएको छ । सुस्मिताको प्रशिक्षकमा प्रदिप खाती छन् । […]

Success

Thank you for your time.