February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । यस प्रतियोगितामा पुलिसले आर्मीलाई दोस्रोपटक पराजित गरेको छ । यसअघि पुलिसले राउन्ड रोविन […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम सोमबार सम्पन्न भएको छ । माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे । […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सम्पन्न भएकाे छ । ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र दक्षिण एयिाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए । सेमिनारमा ली, हग्रिन्ज र मगरले प्रशिक्षण दिने छन् । सेमिनारमा […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् । पहिलो दिन गल्र्स सिंगल्समा रायनासहित ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा रायनाले मात्र जित […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्लोज प्रोटेक्सन जुडोका मिलनकुमार रावत र प्यारा जुडो डोजोका विकास विष्टले दोश्रो क्लोज प्रोटेक्सन जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । अत्ति विशिष्ट सुरक्षा निर्देशनालयद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि मिलनले नेपाली सेनाका लक्ष्मण राई तथा ७३ केजीमुनि विकासले सेनाका भीष्म बराललाई फाइनलमा पराजित गरे । नेपाल जुडो संघको प्राविधिक सहयोगमा भएको […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन मास्टर्स टेबल टेनिस प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चोनबुरी प्रस्थान गरेको छ । फेब्रुअरी ४ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा राजेन्द्र वज्राचार्य र नदिम शाक्यले प्रतिस्पर्धा गर्ने छन् । दुवैले भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खेल्ने छन् । व्यवस्थापकमा जुबन तण्डुकार छन् । […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सोमबार सम्पन्न प्रतियोगिताको ५ हजार मिटर पुरुष दौडमा एपीएफका सन्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ०३ […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल हुँदै पहिलो जित निकाल्न सफल […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना आयोजना हुने एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पिपल्स च्वाइसको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । यसपटक मनोनयनमा क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका अन्जन विष्ट, पौडीका डुवाना […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राजर्षी गुरुकुल, बौद्ध एकेडेमी र भ्याली पब्लिकले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) कप उपत्यकाब्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । राजर्षी फुटबलमा तथा बौद्ध पुरुष बास्केटबल तथा भ्याली महिलामा च्याम्पियन बनेको हो । फुटबलतर्फ आइतबार भएको फाइनलमा एभरेस्ट पब्लिक एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै राजर्शीले ३०औं एनएसएस कपको उपाधि जितेको […]