February 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भद्रकाली स्कुलको आयोजनामा दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा तीन समूहमा जम्मा ३९ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा भद्रकालीका संस्थापक कृष्णप्रसाद अधिकारीले जानकारी गराए । सिनियर ब्वाइजमा १७, गल्र्समा ९ र जुनियर ब्वाइजमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । […]
February 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जनक शिक्षा सामाग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टककर कुँवर १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रामविनयले नागरिक उड्डयन प्राधिकरणका रमेशबहादुर कुँवरलाई १२–२१, २१–११ र २१–७ तथा टक्करले नेपाल विद्युत प्राधिकरणका रत्न श्रेष्ठलाई २१–१४ र २१–१७ […]
February 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र युगल दुवैतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एकलतर्फ बिष्णुले त्रिभुवन आर्मी क्लबका नरेन्द्र बमलाई २१–१०, १५–२१ र २५–२३ को जित निकाल्यो । यस्तै प्रिन्सले आर्मीकै हिमाल चन्दमाथि २१–१४ र २१–७ को […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति मंगलबार गठन गरेको छ । पौडेलको अध्यक्षतमा १३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो । उपाध्यक्षमा सूर्यबहादुर भट्टराई,, सुवास पोखरेल, भुवनलाल श्रेष्ठ, राजकुमार आचार्य र केशवराज गौतम, महासचिवमा शैलेज नेपाल, सचिवमा विमल पौडेल र […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली फुटबल महासंघ (एएफसी) को कार्यकारी समितिको सदस्यमा निर्वाचित अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाइ दिएका छन् । सदस्य–सचिव घिसिङले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नेम्वाङलाई सदस्यमा निर्वाचितमा भएको बधाइ दिदै नेपाली फुटबलसंगै एसियाली फुटबलको विकासमा नेम्वाङले महत्वपूर्ण निर्वाह गर्न सफलताका लागि शुभाकामना […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय वाणिज्य बैंक १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल आयल निगम ‘बी’, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण ‘ए’ र ‘बी’, नेपाल विद्युत प्राधिकरण ‘ए’ र ‘बी’ तथा एभरेष्ट बैंक पनि क्वाटरफाइनलमा स्थान सुरक्षित […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । काष्ठमण्डपका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे । एक्सेल्सियर रातोले आफ्नै पहेलो टोलीलाई १–० गोलले हरायो […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बक्समान्डुकी अन्जनी र विभागीय त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ भारतको नयाँ दिल्लीमा आयोजना हुने आईबा वल्ड वुमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा छनोट हुन सफल भएका छन् । नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोस्थित बक्सिङ हलमा मंगलबार भएको ५२ केजी तौल समुहको फाइनलमा अन्जनी तेलीले आर्मीकी वर्षा श्रेष्ठलाई ५ः० अंकको आधारमा र आर्मीकी […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन्। एपिएफको विरासत तोड्दै डायमण्डलाई पहिलोपटक च्याम्पियन बनाउन प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै प्रतिभाले ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्राप्त गरिन् । प्रतिभाकै सानदार प्रदर्शनमा डायमण्ड यस प्रतियोगितामा […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबको विरासत तोड्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब पहिलोपटक केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । डायमण्डले यसअघिको सबै पाँच पल्टको च्याम्पियन नेपाल एपिएफ क्लबलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अपराजित रहेर पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । डायमण्ड पहिलोपटक […]