default_image

General

August 5, 2024

नेपाल युथलाई पर्वत कप पुरुष भलिबल उपाधि

काठमाडौं । नेपाल युथ स्पोर्टस् क्लब (एनवाईएसी) ले प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ । तोडा सिटी स्पोर्टस् सेन्टर जापानमा शनिबार भएको फाइनलमा गल्काेट घुम्टे युवा परिवार जापानलाई पराजित गर्दै एनवाईएससीले उपाधि जित्न सफल भएको हो । पछिल्लो एक महिनामा एनवाईसीको यो दोस्रो उपाधि हो । यसअघि एनवाइएससीले तेस्रो घुम्टे […]

August 3, 2024

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो […]

August 3, 2024

काभा बिच भलिबल – मान र दिलको जोडी दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष राष्ट्रिय जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलको पहिलो सेटमा कडा चुनौती पेश गरेपनि नेपालले माल्दिभ्सलाई […]

August 2, 2024

श्रीलंकामाथि इरानको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – इरानले काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । इरानले श्रीलंकामाथि ३–२ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । सुरुवाती दुई सेट जितेर सहज जिततर्फ अघि बढेको इरानले त्यसपछि दुई सेट गुमाँउदा पाँचौं सेटमा जित निकाल्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको […]

August 2, 2024

काभा बिच भलिबलमा पुरुष टोलीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टोलीले पहिलो जित दर्ता गरेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालको मान बहादर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले भुटानको जोडीमाथि २–० को सोझो सेटमा पराजित गरेको हो । मान र दिलकाे जाेडीले समान […]

August 1, 2024

काभा बिच भलिबलमा महिला टोलीको जित, पुरुषमा हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला बिच भलिबल टोलीले सफलता हात पार्दा पुरुष टोलीले हार बेहोरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बिहीबार नै भएको पुरुषतर्फको […]

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

July 12, 2024

प्रिन्स पेरिस ओलम्पिकको कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को मुख्यालय मलेसियाको क्वालालम्पुरमा शुक्रबार भएको समुह विभाजनमा प्रिन्सको […]

Success

Thank you for your time.