default_image

General

February 10, 2023

सेहज र देबशिषको जोडी विजेता

काठमाडौं (हाम्रो खेलकुद) – भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज र देबशिषको जोडीले नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६–१ र ७–६(३) को सेटमा पराजित गरे । […]

February 10, 2023

पार्वती र श्रद्धा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा पार्वतीले नेपाल विद्युत प्राधिकरणकी अम्बिा सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी […]

February 10, 2023

अर्किडको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक अर्किड स्कुल ‘ए’ ले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । काँडाघारीस्थित घरेलु मैदानमा शुक्रबार भएको खेलमा अर्किड ‘ए’ ले गोठाटारलाई १–० गोलले पराजित ग¥यो । अन्य खेलमा भिमेश्वर एकेडेमी र गोल्डेन बडले जित निकाले । प्रतियोगिताको संघीय सांसद् रामहरि खतिवडाले एक कार्यक्रमबीच उद्घाटन गरे […]

February 10, 2023

नेपाल मोडल र स्कोलर्स होमको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मोडल र स्कोलर्स होम्सले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् । शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित ग¥यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंक योगदान गरे । महेन्द्र पोखरेलको ६ अंक सहयोगमा स्कोलर्स होम्सले टीआईएलाई २५–२४ को […]

February 10, 2023

राष्ट्रिय च्याम्पियन रशिलालाई हराउँदै जेशिका फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ फाइनल प्रवेश गरेकी छिन् । जेशिकाले रशिलालाई १८–२१, २१–१६ र २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरीसँग भेट पक्का गरेकी हुन् । गिरी र कस्तुरी कलेजकी सिमा राजवंशीबीचको […]

February 10, 2023

फिफ्टिन्स रग्वी लिग अर्को साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघको आयोजनामा तेस्रो फिफ्टिन्स रग्वी लिग अर्को साता सुरु हुने भएको छ । रग्वी संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिग माघ २९ गते आइतबारदेखि फागुन ६ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा चार टोली हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी […]

February 9, 2023

दिवानालाई पराजित गर्दै अस्मिता छनोट

काठमाडौं (हाम्रो खेलकुद) – एचटुओकी अस्मिता दुवाल भारतको नयाँ दिल्लीमा हुन लागेको आइबा वल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयोजित छनोट प्रतियोगितामा छनोट हुन सफल भएकी छिन् । सातदोबाटोस्थित बक्सिङ हलमा बिहीबार भएको फ्लाई लाईट वेट ५० केजी तौल समूहमा अस्मिताले नेपाल पुलिसकी दिवाना शेर्मालाई ३ः२ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै […]

February 9, 2023

काष्ठमण्डपलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – काष्ठमण्डपले नवौं एक्सेल्सियर कपमा दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप गल्र्स बास्केटबल र यु–१२ ब्वाइज फुटबलमा च्याम्पियन बनेको हो । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा बिहीबार भएको गल्र्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झिनो अन्तरले पराजित ग¥यो । काष्ठमण्डपकी हस्ना अर्यालले ८ स्कोर गरिन् । यु–१२ ब्वाइज […]

February 9, 2023

अकी र आरभको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडीलाई ३–६, ६–३ र १०–५ ले […]

February 9, 2023

भद्रकाली कप बास्केटबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – भद्रकाली स्कुलको आयोजनामा दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा तीन समूहमा जम्मा ३९ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा भद्रकालीका संस्थापक कृष्णप्रसाद अधिकारीले जानकारी गराए । सिनियर ब्वाइजमा १७, गल्र्समा ९ र जुनियर ब्वाइजमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । […]

Success

Thank you for your time.