February 17, 2023
विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकाद्धय प्रिन्स दाहाल र बिष्णु कटुवाल विराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । बिष्णुले एपिएफका देवराज रानालाई २४–२२ र २१–१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१–११ र २१–८ ले पराजित गर्दै अन्तिम चारमा […]
February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी बिराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता बाहेकको पुरुष एकलतर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४ र २१–११ र प्रनिशले […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छैटौं अधिवेशन नेपालगन्जमा बिहीबारदेखि सुरु भएको छ । अधिवेशनको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । अधिवेशनले शुक्रबार नयाँ नेतृत्वको चयन गर्ने छ । अधिवेशनले बढुवा तथा पदपूर्ति, अस्थायी, करार तथा मासिक ज्यालादारी कर्मचारीहरुलाई उपदानको व्यवस्था, प्रशिक्षण केन्द्रको स्थापना गरी व्यवस्थित र निजामती (सिभिल) अस्पतालको स्वास्थ्य […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विश्व बम मल्लको अध्यक्षतामा नेपाल ह्यान्डबल संघ तदर्थ समिति गठन गरिएको छ । ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनकामना सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा मनकामनाले एकलब्यलाई २–१ गोलले पराजित ग¥यो । अन्य खेलमा हाइली क्रिएटिभले गोल्डन बडलाई ५–४, सांग्रिलाले सीसीएरलाई ३–१ तथा भीमेश्वर एकेडेमीले आयोजक अर्किड ‘ए’ लाई ५–३ गोलले हराउदै क्वाटरफाइनलमा पुगे ।
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विज किड्स इन्टरनेसनल स्कुलले छैटौं संस्करणको माफ इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको उपाधि जितेको छ । क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बिहीबार भएको फाइनलमा विज किड्सले घरेलु टोली क्याम्ब्रिजलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विज किड्सले २५–१४, २५–१६ र २५–७ को जित निकाल्यो । उपाधिसँगै […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा ‘बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप २०७९’ अर्काे साता आयोजना हुने भएको छ । आयोजक न्यू डायमण्डले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा काठमाडौं र काठमाडौं बाहिरका गरी […]
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान निकेतन स्कुलको आयोजनामा हुने २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनकी प्रिन्सिपल लीला कुँवरले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । प्रतियोगितामा सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ७ र गल्र्समा ४ गरी १९ टिमको सहभागिता […]
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जुनियर डेभिस कप तथा बिली जिन किङ कपमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ । डेभिस कपमा ३ ब्वाइज तथा किङ कपमा २ गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई […]