default_image

General

February 13, 2023

माउन्ट सेब र भीमेश्वरको जित

काठमाडौं (हाम्रो खेलकुद) – माउन्ट सेब र भीमेश्वर एकेडेमीले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा जित हात पारेका छन् । सोमबार भएको खेलमा माउन्ट सेबले आयोजक अर्किड ‘बी’ लाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि जेम्स खड्काले २ तथा आरेहण श्रेष्ठले १ गोल गरे । अर्किड ‘बी’ का आशिष बस्नेतले १ गोल […]

February 13, 2023

एभेन्सलाई जिनियस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एभेन्सले दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लुभूस्थित आयोजक जिनियस आइवि वल्र्ड स्कुलमा सोमबार भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गदृे उपाधि हात पारेको हो । विजयी टिमका लागि सक्षम खरेलले २ तथा विरल थापाले १ गोल गरे । प्रतियोगितामा प्रिमियरका अबिम […]

February 12, 2023

पारामाउन्ट र एन्जल्स हार्टको जित

काठमाडौं (हाम्रो खेलकुद) – पारामाउन्ट र एन्जल्स हार्टले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् । पारामाउन्टले ओडिसी इन्टरनेसनल एकेडमीलाई १६–१२ ले पराजित ग¥यो । पारामाउन्टको जितमा निरज प्याकुरेलले ३ अंक योगदान गरे । रुपेश पौडेलको ६ अंक सहयोमा एन्जल्स हार्टले आयोजक भद्रकालीलाई २७–१६ ले हरायो । सिनियर ब्वाइजमा […]

February 12, 2023

निर्मल ज्योति विजयी

काठमाडौं (हाम्रो खेलकुद) – निर्मल ज्योतिले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा जित हात पारेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा आइतबार भएको खेलमा निर्मल ज्योतिले पाणिनीलाई ४–० गोलले पराजित गरेको हो । समर्पण थापाले ह्याट्रिक पूरा गर्दा सागर मगरले एक गोल गरे । अन्य खेलमा टाइमलाइन, मनकामना, मोनास्टिक र कौतिल्यले सफलता हात […]

February 12, 2023

लिनिङ बाह्रौं पुष्पलाल स्मृति ब्याडमिन्टन मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा लिनिङ १२औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा मंलबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । शहिद रंगशालास्थित कभर्डहलमा फागुन २ देखि ७ गतेसम्म हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन […]

February 11, 2023

स्याङ्जालाई मणिमुकुन्द भलिबल उपाधि, सन्जु सर्वाेत्कृष्ट

बुटवल (हाम्रो खेलकुद) – जिल्ला भलिबल स्याङ्जाले आठौं संस्करणको मणिमुकुन्द रनिङकप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा शनिबार भएको फाइनलमा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । स्याङ्जाले सुरुवाती सेट गुमाएपनि त्यसको तीनै सेट आफ्नो पक्षमा पार्दै उपाधि […]

February 11, 2023

आर्मीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीले पाँचौं साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ । जनकपुरमा भएको फाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले पराजित ग¥यो । आर्मीकी सीतामाया बल र सरस्वती तामाङले गोल गरे । लुम्बिनीकी अन्नया बरुवालले गोल फर्काइन् । लुम्बिनीकी पूजा कुमारी उत्कृष्ट खेलाडी, लुम्बिनीकी प्रतिमा सरोज उत्कृष्ट गोलरक्षक तथा […]

February 11, 2023

मुवाँथाइको रेफ्री सेमिनार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय मुवाँथाइ संघ नेपालको आयोजनामा मुवाँथाइ रेफ्री सेमिनार त्रिपुरेश्वरस्थित आफ्नै हलमा शनिबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । उनीहरुलाई मुवाँथाइका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले प्रशिक्षण दिएका थिए । सेमिनार काठमाडौंमा फागुन ४ गतेदेखि सुरु हुने छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको […]

February 11, 2023

दर्ता सम्बन्धी कार्यलाई थप मर्यादित र व्यवस्थित बनाइने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दर्ता चलानी फाँटबाट सम्पादन गरिने दर्ता सम्बन्धी कार्यलाई थप मर्यादित र व्यवस्थित बनाउने भएको छ । जसअन्तर्गत राखेपसंग सम्बन्धित सरकारी, अर्ध सरकारी एवं गैर सरकारी कार्यालय, राखेपमा आबद्ध संघ–संस्था, क्लब, डोजो आदिका खेलकुदसंग सम्बन्धित कार्यका लागि राखेपमा (कागजात-फर्म-निवेदन) आदि दर्ता गर्नु पूर्व सम्बन्धित विभाग वा शाखाबाट […]

February 11, 2023

चीनका वेन्बो र झाङलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – वेन्बो बाइ र झाङ क्विन वेइले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन् । दुवै चीनका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्स फाइनलमा वेन्बोले भारतका प्रत्यशलाई पराजित गरे । पहिलो सेट वेन्बोले ६–० ले सहजै जितेका थिए । दोश्रो […]

Success

Thank you for your time.