February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट मावि बुटवल काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । अयोजक डायमण्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । […]
February 23, 2023
सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल र ह्वाइट वाटर सातौं र्याफ्टिङ च्याम्पियनसिप तथा ११औं कायाक स्ललोम च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् । फ्रिडम महिलातर्फ तथा ह्वाइट वाटर पुरुषतर्फ च्याम्पियन बनेको हो । सिन्धुपाल्चोकको सुकुटेविचस्थित सुनकोशी नदीमा तीन दिनसम्म चलेको प्रतियोगितामा स्ललोम विधाको पुरुषतर्फ ह्वाइट वाटर नेपाल पहिलो हुँदा पेडल नेपाल ‘बी’ दोस्रो तथा […]
February 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८’ का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल ग्रुपसँग सह–प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । सह–प्रायोजनका लागि मञ्चका कार्यबाहक अध्यक्ष निरञ्जन अधिकारी र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सह–प्रायोजक बनेवापत प्लाजा होटल गु्रपले अवार्ड […]
February 23, 2023
पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुबास तामाङ ४–अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्षस्थानमा उक्लिएका छन् । पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १–अन्डर १ सय ३७ स्कोर सहित सुबाशले पहिलो […]
February 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यु स्टार पोल र ओरिएन्टल १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । न्यु स्टारले गोल्डेन बडलाई १–० गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ ऋतिक रायमाझीले निर्णायक गोल गरे । ओरिएन्टलले गेटवे एकेडेमीलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको […]
February 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काष्ठमण्डप ‘ए’ छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मल्पी ‘ए’, काठमाडौं वल्र्ड स्कुल, बूढानीलकण्ठ ‘ए’ र ‘बी’, नामी, साइपाल तथा ग्लोबल इन्टरनेसनल कलेज पनि क्वाटरफाइनलमा पुगे । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ११ टिम सहभागी छन् ।
February 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट मावि बुटवल, धादिङ स्पोर्ट्स क्लब धादिङ र ब्राइट फ्युचर मावि सलकपुर मोरङ काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एभरेस्ट समूह ‘क’ को विजेता तथा धादिङ उपविजेता बनेर अन्तिम चारमा पुग्दा ब्राइट फ्युचर समूह ‘ख’ को उपविजेताको रुपमा अघि […]
February 22, 2023
लमजुङ (हाम्रो खेलकुद) – सप्तकन्या युवा क्लव बगुवाले लमजुङको ग्रामीण पर्यटकीय गाउँ राइनासकोटमा सञ्चालन गरिएको आठौँ पर्यटन खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । सप्तकन्याले शान्ति स्तुपा युवा क्लव सुन्दरबजार पैह्रेलाई ४–२ ले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै सप्तकन्याले १ लाख १ हजार १ सय १ रुपैयाँ, कप मेडल र […]
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फागुन २८ देखि चैत ६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पुर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ४८ केजीमा […]
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) को आयोजनामा तेश्रो थ्री बाइ थ्री यु–१९ खुला बास्केटबल प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा १३ तथा गल्र्समा ५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । एकदिने प्रतियोगिताका खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइने छ ।