March 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०७८ को तयारी पूरा भएको जनाएको छ । मञ्चको आयोजनामा हरेक वर्ष हुँदै आएको यस वर्षको अवार्ड कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः१५ बजेपछि शुरु हुनेछ । मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले अवार्डका लागि सम्पूर्ण तयारी भएको जानकारी दिए । […]
March 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो । दुबईमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण […]
March 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । भक्तपुरको सल्लाहघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् । होलीको पावन अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले […]
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित बृहत खेलकुद महोत्सवअन्तर्गत जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने ज्याकी महर्जनले जनाएका छन् । पुरुष-महिला खुला सिंगल्स, ब्वाइज-गल्र्स यु–१२ र यु–१६ सिंगल्स, भेट्रान पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र भेट्रान महिला ३५ वर्षमाथि स्पर्धामा खेल […]
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो । श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । पुरुषोत्तम पोखरेल […]
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध एकेडेमीले दोस्रो गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगीताको फाइनलमा बुद्ध एकेडेमीले सर्वनाम शिक्षालयलाई पराजित गर्दै उपाधी जितेको हो । एकता जेम्स स्कुलले तेश्रो स्थानमा चित्त बुझायो । फाल्गुन १७ गतेदेखि गोकर्णेश्वर नगरपालिका वडा नं […]
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंको सानोभ¥याङमा अवस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुलले अन्तर विद्यालय फुटसल प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई पुरस्कृत गरेका छन् । १४ फागुनदेखि पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न १२ विद्यालयका यू–१३ ब्वाइज, यू–१६ ब्वाइज र गल्समा प्रतिस्पर्धा भएको थियो । यू–१६ गल्समा आयोजक स्वस्तिश्री पहिलो, नेक्सस दोस्रो तथा एभिएस तेस्रो भएको […]
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा हुनेछ । रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी गराइन् । नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार […]
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् । गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहेको राखेपले जनाएको छ । अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेदा रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिएको […]
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा शुक्रबार भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले पराजित गर्दै ह्याट्रिक गर्नबाट रोक्यो । लिटिल एन्जल्स नवौं संस्करणको पनि विजेता हो । लोयल्टीका लागि दुवै गोल बसन्त राउतले गरे । लिटिल […]