March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७ र १३–११ को सेटमा पराजित गरिन् । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु […]
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाई गरे । खेलाडीहरुमा […]
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दरबार हाई स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा स्वर्ण जितेका छन् । शंकर ब्वाइज तथा योङगी गल्र्समा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार भएको ब्वाइज फाइनलमा शंकरले अस्मिताका आशिष महतालाई १२–१०, ५–११, ११–७ र […]
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । काठमाडौं १७ स्वर्ण, ३ रजत र १४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो […]
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – केभीपीपीसीका एलेक्स महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलेक्सले आफ्नै क्लबका सुनिल महर्जनलाई ९–११, ११–९, ७–११, ११–३, ११–५ र ११–५ को सेटमा पराजित गरे । अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको पुरुष […]
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महालक्ष्मी नगरपालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले ५ अंक प्राप्त गर्दै ललितपुर जिल्ला खेलकुद बिकास समितिले बृहत् खेलकुद महोत्सव –२०७९ अन्तर्गत चेसमा पहिलो भएका छन् । ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएको ६ चरणको खेलपछि कमलले आफ्नै नगरका सुरोज महर्जनलाई प्रोग्रेसिभका आधारमा पछाडि पार्दै जिल्ला च्याम्पियन बनेका छन् । […]
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पञ्चराम महर्जनको अध्यक्षतामा १३ सदस्यीय ललितपुर जिल्ला उसु संघ गठन गरिएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल उसु महासंघका सह–महासचिव राजीव महर्जनलगायतको उपस्थितिमा संघ गठन गरिएको बताइएको छ । उपाध्यक्षमा राज महर्जन, निराजन आले मगर र रोशन सिलवाल, सचिवमा मन्जुर महर्जन तथा कोषाध्यक्षमा उमेश महर्जन रहेका […]
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाका अभी डाँगी र तार्केश्वर नगरपालिकाकी रिकम भुषाल १२औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा बुधबार पहिलो भएका छन् । अभी छात्र तथा रिकम छात्रामा पहिलो भएका हुन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको ३ हजार मिटर दौडको छात्रमा चन्द्रागिरी नगरपालिकाका हस्त […]
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – योङ्गी पौडेलले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको गल्र्स यु–१६ सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा योङ्गीले अंकिता बज्राचार्यलाई ११–८, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरिन् । एभीएमकी आस्मा पहरी र हाखा युवा क्लबकी इशानी महर्जन संयुक्त रुपमा तेश्रो भए । सोही […]
March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड कतारका खेलकुद पत्रकार मोहम्मद हिजीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा हिजीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको हो । एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डसँगै उनले नगद ५० हजार प्राप्त गरे । खेल […]