default_image

General

March 27, 2023

सुर्य नेपाल च्यालेन्ज भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज मंगलबार (भोलि) देखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने सुर्य नेपाल च्यालेन्ज शुक्रबारसम्म रोयल नेपाल गल्फ क्लबमा संचालन हुने जनाएको छ । चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । हरेक दिन […]

March 27, 2023

मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आयोजनामा बैशाख दोस्रो सातादेखि मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता बैशाख ९ गतेबाट १६ गतेसम्म जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुने आयोजकले जनाएको छ ।जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको समन्वयमा हुने प्रतियोगितामा सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ । टिम दर्ताको […]

March 25, 2023

जंग र रुपालाई बाँके एमटिबी च्यालेन्ज उपाधि

बाँके (हाम्रो खेलकुद) – बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमा च्याम्पियन बनेका छन् । जंगु पुरुषतर्फ तथा रुपमा महिलामा च्याम्पियन बन्न सफल भएको हो । शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिक विधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा […]

March 25, 2023

गोल्डेन गेटले जित्यो प्याट्रियोट्स कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेटले दोस्रो संस्करणको प्याट्रियोट्स अन्तर कलेज क्रिकेट प्रतियोगिता फाइनलमा ब्लूबर्ड कलेजलाई २७ रनले हराउँदै उपाधि जितेको छ । टस जितेर पहिला ब्याटिङ थालेको गोल्डेन गेटले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । गोल्डेन गेटका आशुतोष घिराइयाले ५५ बलमा सर्वाधिक ६६ रन बनाए । तृतराज दास […]

March 22, 2023

राष्ट्रपति रनिङ सिल्ड बैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बैशाख ७ देखि ९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार […]

March 22, 2023

अन्जनी क्वाटरफाईनलमै रोकिईन्

काठमाडौं (हाम्रो खेलकुद) – आईबीए वुमन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपमा दुई बाउट जित्दै इतिहास बनाउन सफल नेपाली मुक्केबाज अन्जनी तेलीले क्वाटरफाइनलमै रोकिएकी छिन् । बेलारुसकी खेलाडीसँग उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै पनि उनी पराजित हुन पुगिन् । पाचै वटा जजहरुले बेला रुषकी खेलाडीको पक्षमा निर्णय दिदा ०ः५ को युनानिमस डिसिजनको आधारमा अन्जनीले पराजय भोग्नु परेको थियो […]

March 22, 2023

व्हीलचेयर क्रिकेट टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका […]

March 22, 2023

गौरीगंगा गोल्डकप यसै महिना

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप यसै महिना आयाेजना हुने भएको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा तेस्रो गौरिगंगा गोल्डकप चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । गोल्डकपमा १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेतालाई ट्रफिसहित ४ लाख रुपैयाँ र […]

March 22, 2023

फेन्सिङका पायस हंगेरी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेस्टमा आयोजना हुने व्यक्तिगत पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकपका लागि नेपालका पायस योन्जन त्यसतर्फ प्रस्थान गरेको छ । पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकप मार्च २४ देखि २६ सम्म बुढापेस्टमा आयोजना हुँदैछ । पायसले दुवै विधामा प्रतिस्पर्धा गर्नेछ । हंगेरी फेन्सिङ फेडेरेसनको निमन्त्रणमा उनी त्यसतर्फ […]

March 21, 2023

मन्डेकाजी प्यारागन स्कुलको ब्रान्ड एम्वासडर

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्वासडरमा नियुक्त भएका छन् । खेलकुदमार्फत राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको तिलगंगा नजिक रहेको प्यारागन पब्लिक स्कुलले मन्डेलाई दुई वर्षसम्मको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको जनाएको छ । मन्डेले सन् २०१९ मा नेपालमा भएको १३औं […]

Success

Thank you for your time.