default_image

General

March 22, 2023

व्हीलचेयर क्रिकेट टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका […]

March 22, 2023

गौरीगंगा गोल्डकप यसै महिना

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप यसै महिना आयाेजना हुने भएको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा तेस्रो गौरिगंगा गोल्डकप चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । गोल्डकपमा १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेतालाई ट्रफिसहित ४ लाख रुपैयाँ र […]

March 22, 2023

फेन्सिङका पायस हंगेरी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेस्टमा आयोजना हुने व्यक्तिगत पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकपका लागि नेपालका पायस योन्जन त्यसतर्फ प्रस्थान गरेको छ । पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकप मार्च २४ देखि २६ सम्म बुढापेस्टमा आयोजना हुँदैछ । पायसले दुवै विधामा प्रतिस्पर्धा गर्नेछ । हंगेरी फेन्सिङ फेडेरेसनको निमन्त्रणमा उनी त्यसतर्फ […]

March 21, 2023

मन्डेकाजी प्यारागन स्कुलको ब्रान्ड एम्वासडर

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्वासडरमा नियुक्त भएका छन् । खेलकुदमार्फत राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको तिलगंगा नजिक रहेको प्यारागन पब्लिक स्कुलले मन्डेलाई दुई वर्षसम्मको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको जनाएको छ । मन्डेले सन् २०१९ मा नेपालमा भएको १३औं […]

March 20, 2023

इन्डो नेपाल टि-२० क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद) –पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि इन्डो–नेपाल टि–२० क्रिकेट चैत अन्तिममा गर्न लागेको जनाएको छ । एकाडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता आगमी चैत्र २५ गतेदेखि विराटनगरको मेरिवल […]

March 19, 2023

सञ्जयलाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सञ्जय राईले १८औं विश्व मुवाँथाई च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसंग पराजित भएपछि रजमा सीमित भएका हुन् । त्यसअघि नेपालले ३ कांस्य पदक सुरक्षित गरिसकेको थियो […]

March 19, 2023

सुमन र अनिताले जिते शैलुङ अल्ट्रा म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]

March 19, 2023

उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनक प्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार अबेर समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा […]

March 18, 2023

पेट्रियोट्स कपलाई १०० स्पोर्टसको साथ

काठमाडौं (हाम्रो खेलकुद) – पेट्रियोट्स कप इन्टर कलेजिएट क्रिकेट प्रतियोगितालाई १०० स्पोर्टसले सहयोग गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार सुरु भई ५ दिन सम्म चल्ने प्रतियोगितालाई १०० स्पोर्टसले सहयोग गरेको हो । १०० स्पोर्टसका संस्थापक रविन्द्र भाटीले प्रतियोगितामा अम्पायरले प्रयोग गर्ने जर्सी आयोजकलाई हस्तान्तरण गरेका थिए । केहि दिन अघि १०० स्पोर्टसले राष्ट्रिय महिला […]

March 17, 2023

ओलम्पियन जित बहादुर र मनिषा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – हाइड एन्ड सिक किन्डरगार्डेनले ओलम्पियन जित बहादुर केसी र करातेकी मनिषा चौधरीलाई सम्मानित गरेका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र १३औं सागकी कास्यपदक विजेता मनिषालाई नगद, दोसल्ला र सम्मानले सम्मानित गरेका हुन् । उनीहरुलाई हाइड एन्ड सिक किन्डरगार्डेनकी संस्थापक प्रिन्सिपल […]

Success

Thank you for your time.