default_image

General

April 17, 2023

ब्राइट फ्युचरको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ब्राइट फ्युचरले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । नैकापस्थित आफ्नै हातामा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई टाइ ब्रकेरमा ४–३ गोलअन्तरले पराजित ग¥यो ।ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा डायमन्ड, धु्रव तारा, नेरिक, नेपाल तारा, ग्रिन भिलेज, सञ्जय साइ विद्या […]

April 17, 2023

अभी र डिनालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका अभी डाँगी र मकवानपुरकी डिना गोपालीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभीले ११.८ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । मकवानपुरका सुजन राई तथा चितवनका आशिष […]

April 17, 2023

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेल आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १४ खेलको प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए । विविध खेलकुदअन्तर्गत मंगलबारदेखि राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता हुने भएको […]

April 17, 2023

लन्डन म्याराथनमा नेपाली भेट्रान खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – लन्डन म्याराथनमा सहभागी हुन ३ पुरुष भेट्रान खेलाडीसहित ४ सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन प्रस्थान गर्दै छन् । अप्रिल २३ तारिखमा हुने म्याराथनमा रामकृष्ण महर्जनले ६५–७० वर्ष, शम्भुप्रसाद दाहालले ६१–६५ वर्ष र सन्जिव अर्यालले ४०–४५ वर्ष उमेर समूहमा दौड्ने छन् । सबैले फुल म्याराथनमा भाग लिने छन् । अफिसियलमा राधा […]

April 17, 2023

सञ्जयलाई ३ स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामा ६–अन्डर ६६ को उम्दा प्रदर्शनसहित शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा सोमबार भएको पहिलो दिन रवि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्षस्थानमा रहेका हुन् । रबि र राजेन्द्रले […]

April 16, 2023

ब्राइट फ्युचर कप फुटसल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ब्राइट फ्युचर मावि प्लस टु विभागको आयोजनामा दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो संस्करणमा २३ टिम सहभागी थिए । विजेताले ३० हजारसहित टिमका प्रत्येक सदस्यले […]

April 16, 2023

स्ट्रिट वर्कआउट शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) संस्थाको आयोजनामा पाँचौ राष्ट्रब्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ । हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा नारायण चौर नक्सालमा शनिबार हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने प्रतियोगितामा पुरुष […]

April 16, 2023

टीकाराम र सोनुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन् । दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा छात्रमा टीकारामले ४ मिनेट ३१.५ सेकेन्डमा दौड पूरा गरे । ललितपुरका प्रवीण लिम्बू दोश्रो तथा नुवाकोटाका दिनेश राई तेश्रो भए […]

April 15, 2023

एपिएफका टेकराज सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका ओपन स्पाइकर टेकराज अवस्थी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई च्याम्पियन बनाउँन महत्वपूर्ण प्रदर्शन गरेसँगै उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनेका हुन् । सर्वाेत्कृष्ट बनेसँगै उनले १५ हजार रुपैया र ट्रफी प्राप्त गरे । व्यक्तिगत विधामा पनि एपिएफले […]

April 15, 2023

पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले वर्षको सुरुवातमै उपाधि जित्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको […]

Success

Thank you for your time.