April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु संघको आयोजनामा १९ औं एसियाली खेलकुदका लागि उसु छनोट प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सान्सौंतर्फ पुरुषमा ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । थाउलोमा पुरुष र महिलामा […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सुजन गेडाल र एभीएम टेबल टेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । सुजन यु–१९ सिंगल्सको ब्वाइजमा तथा गल्र्समा वियंकाले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाल्पा तानसेनकाे रानीमहलनजिकै कालीगण्डकी नदीकाे किनारमा यसै महिनाको अन्तिममा राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिताको दोस्रो संस्करण यही बैशाख २८, २९ र ३० गते हुने जानकारी गराएको छ । पहिलो संस्करणमा महिलातर्फको […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ । छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका इन्द्र बहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर १८औं राष्ट्रिय जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जितेकी थिइन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन बिहीबार ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साग स्वर्णधारी विकास थापाले १९औं एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा बिहीबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नेपाल प्रहरीका उनले पुरुष ८१ केजीमा स्न्याचमा १२२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२० केजीको कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा १२२ सहित क्लिन एन्ड जर्कमा १३५ केजी […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)- बालगोपाल महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ ले हराउँदै जित निकालेको हो । महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी र अर्को खेलमा फ्रेन्ड्स क्लबसँग १-१ को बराबरी खेलेको थियो। मिलन राईको निर्णायक गोलमा […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक सुबास तामाङले जितेका छन् । प्रो सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुबाश लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन् । यो उनको करियरको चौंथो प्रोफेसनल उपाधि हो । डिफेन्डिङ च्याम्पियन सुबासले […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ६५ वर्षको उमेरमा इन्टरनेसनल स्ट्रेन्थलिफ्टिङ एण्ड इन्कलाईन्ड बेन्च प्रेस च्याम्पियनशिप २०२३ मा नेपाललाई रजत पदक दिलाउने खेलाडी कृष्ण सिंह शाही सम्मानित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं महानगरपालिका वडा नं २२ ईकाई समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी वरिष्ठ खेलाडी शाहीलाई सम्मान गरेको हो । शाहीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका अशोक खड्का र नन्द विष्टलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् । दुवैले जापानको ओसाकामा हुने जापन खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । खड्का र विष्टले ४० वर्षमुनि उमेरसमूहमा पुम्सेमा प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले सोही प्रतियोगिताको […]