default_image

General

April 23, 2023

सदस्य–सचिव घिसिङद्वारा सिन्थेटिक ट्रयाकको शिलान्यास

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाकको शिलान्यास गरेका छन् । सिन्थेटिक ट्रयाक निर्माणको जिम्मेवारी पञ्चकन्यासिन्कोट्स, कुपण्डोल, ललितपुरले पाएको छ । सम्झौता अनुसार पञ्चकन्या सिन्कोट्सले १० महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । सिन्थेटिक ट्रयाकको लागत ११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैयाँ […]

April 23, 2023

एपीएफ र आर्मीको विजयी सुरुआत

ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुआत गरेका छन् । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आइतबार एपीएफले आयोजक ललितपुर महानगरपालिकालाई ३–० को सेटमा हराएर सुखद सुरुआत गरेको हो । एपीएफले ललितपुरमाथि २५–६, २५–७ र २५–१४ को […]

April 23, 2023

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका उदियमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सिरिज १००० च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स डबल्स गरि […]

April 22, 2023

वडा बास्केटबल सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मेयर खेलकुद कार्यक्रमअन्तर्गत दशौँ कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शनिबार सुरु भएको छ । कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलातर्फ पहिलो खेलमा वडा ३ ले वडा १० लाई ३२–२८ ले हरायो । सो खेलमा साफरिना मानन्धरले सर्वाधिक १७ स्कोर गरे । पुरुष बास्केटबलको उद्घाटन खेलमा पनि वडा नं […]

April 22, 2023

अशोकलाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन् । नेपालकै अर्का खेलाडी नन्द विष्टले काश्य पदक जिते । उनले ६.१० अङ्क बनाएका थिए । सो […]

April 22, 2023

सञ्जयलाई एनसेल बाह्रखरी गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय पौडेलले एनसेल बाह्रखरी गल्फको छैटौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको यस प्रतियोगिताको विजेताले सुनको बल पुरस्कार जितेका छन् । काठमाडौंको गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोडे । १२ ह्याण्डी क्यापमा खेलेका […]

April 22, 2023

तीन विभागसँगै न्यु डायमण्डको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब) सँगै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आर्मी र एपिएफ पुरुषतर्फ तथा पुलिस र डायमण्डले महिलामा सफलता हात पारेका हुन् । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण […]

April 22, 2023

सुजना र रुपेश नेसनल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– नेसनल चेस च्याम्पियनसिपको उपाधि महिलातर्फ फिडे मास्टर सुजना लोहनीले र खुलातर्फ रुपेश जैसवालले जितेका छन् । योसँगै सुजना र रुपेशले बंगलादेशमा मेमा आयोजना हुने वल्र्ड च्याम्पियन सर्कल एसियन जोनल ३.२ च्याम्पियनसिपमा स्थान सुरक्षित गरेका गरेका छन् । त्यस्तै उब्जेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र २०२४ मा हंगेरीको बुडापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडमा […]

April 21, 2023

मेयर कप खुल्ला भलिबल भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आयोजनामा शनिबारेदखि जावलाखेलमा मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा ९ देखि १६ बैशाखसम्म चल्ने प्रतियोगितमा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो १ बजे ललितपुर महानगरपालिकाका […]

April 21, 2023

मेयर कप वादो कराते भोलि

काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा कातासहित पुरुष र महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीले जनाएका छन् । करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ । एकदिने […]

Success

Thank you for your time.