default_image

General

April 27, 2023

माहिका, अभिलाषा, आइशा र सुनिरा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । महिकासंगै राष्ट्रिय च्याम्पियन अभिलाषा विष्ट, आइशा डोल्कर गुरुङ र सुनिरा थापा पनि सेमिफाइनलमा पुग्न सफल भएका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा माहिकाले प्रकृति श्रेष्ठलाई ६–१ र ६–३ को […]

April 27, 2023

पुलिस र एपिएफ मेयर कप खुल्ला भलिबलको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पुलिसले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई तथा एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको […]

April 27, 2023

दमकमा प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल आजबाट सुरु हुँदै

बिर्तामोड (हाम्रो खेलकुद) – झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । प्रतियोगिता दमकस्थित हिमालय माविको खेल मैदानमा ४ बजेदेखि सुरु हुनेछ । वाग्लेका अनुसार यही बैशाख १४ गतेदेखि १७ गतेसम्म प्रथम प्रदेशस्तरीय मुख्यमन्त्री कप […]

April 27, 2023

अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक बन्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ । अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ । अफगानिस्तान भन्दा बाहिर रहेका खेलाडीले पनि […]

April 26, 2023

डायमण्डमाथि एपीएफकाे राेमाञ्चक जित

ललितपुर (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल एपीएफ क्लब मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले डायमण्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह विजेता बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा बुधबार भएको खेलमा […]

April 25, 2023

दलबहादुर र मञ्जुले जिते जुम्ला रारा म्याराथन उपाधि

जुम्ला (हाम्रो खेलकुद) – कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधी पुरुषतर्फ दलबहादुर कँुवर र महिलातर्फ मञ्जु राउतले जितेका छन् । ४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधीका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त […]

April 25, 2023

आर्मीलाई हराउँदै पुलिस समूह विजेता

ललितपुर (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह ‘ए’ को विजेता बन्दै ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा हराएर समूह विजेता बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले आर्मीमाथि २५–२०, २१–२५, २५–२१ […]

April 24, 2023

न्यु डायमण्ड र एपीएफ सेमिफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा सोमबार भएको खेलमा न्यु डायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गल्स होस्टेललाई समान ३–० को सोझो सेटमा […]

April 24, 2023

वर्षाको कारण साउदीविरुद्ध खेलको टसमा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेलमा टस ढिलाई भएको छ। खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो । नियमित समय अनुसार टस ८: ३० मा हुनुपर्ने हो । तर माथिल्लो मुलपानी मैदानमा अहिले हल्का वर्षा सुरु भएको छ। कभरले पिच ढाकिएको छ । त्यसैको कारण टसमा […]

April 23, 2023

महालक्ष्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी नगर लुभू डोजो दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । महालक्ष्मी ५ स्वर्ण, १ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा भएको प्रतियोगितामा मनमैजु ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बूढानकीलकण्ठले […]

Success

Thank you for your time.