April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ । नेपालले एसिसी प्रिमियर कपमा फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि स्थान बनाएको छ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानका यू-२३ टोलीसँगै प्रिमियर कपका शीर्ष तीन टोली हुनेछन् । नेपाल र […]
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको उपाधिको लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुने भएको छ । युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । उता घरेलु टोली नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको छ । कुवेतसँगको पहिलो सेमिफाइनल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल […]
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युएईले एसिसी प्रिमियर कपको दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । योसँगै युएईले उपाधि जित्न घरेलु टोली नेपालसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । जितको लागि २ सय ३७ रनको विजयी लक्ष्य […]
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारवदेखि सुरु भएको छ । प्रतियोगिताको उपराष्ट्रपति राम प्रसाद सहायले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक भब्य समारोहबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सहायले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने […]
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली […]
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ । अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । […]
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स २०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन राजदुतावासले जनाएको छ । प्रतियोगितामा शारीरिक र डिजिटल दुबै किसिमको आयोजना हुनेछ । जसमा ५० प्रतिशत शारीरिक गतिविधि र ५० प्रतिशत […]
April 28, 2023
ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । आर्मीले एपिएफलाई तथा पुलिसले आयोजक ललितपुर महानगरपालिकालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले […]
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद बिमालेखको मस्यौदामा बिहीबार छलफल भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उदेश्यबाट खेलकुद बिमालेख तयार गर्न लागिएको हो । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा राष्ट्रिय खेलकुद परिषद्मा छलफल भएको हो । खेलाडी तथा खेल पदाधिकारीहरुको जोखिम बहन गराउनु आवश्यक भएकाले खेलाडी बीमा गराउनु आफ्नो पहिलो उदेश्य […]
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा खेलाडी […]