May 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली टोली […]
May 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि खुल्ला छनोटबाट बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरेको छ । संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । […]
May 4, 2023
सोलुखुम्बु (हाम्रो खेलकुद) – सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन अभ्यास सत्र सकिएको छ । पहिलो दिनको अभ्यासमा २३ जना राइडरले साइक्लिङ गरेका छन् । प्रतियोगितामा बिभिन्न चार क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा २६ राइडरले मुख्य स्पर्धामा शुक्रबार र शनिबार प्रतिस्पर्धा गर्नेछन् […]
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ । राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ । ८ सय ४० स्वर्णका […]
May 4, 2023
पोखरा (हाम्रो खेलकुद) – हिमालयन एक्स्ट्राई नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ’हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’को दोश्रो संस्करण बैशाख २३ गते शनिबार पोखरामा हुने भएको छ । प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रुस, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत, इजरायल, फिनल्याण्डलगायतका २२ मुलुकका ३६ खेलाडीहरुले सहभागिता जनाउन लागेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले […]
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउनेछन् । […]
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि गरेको खुल्ला छनोटमा ३६ खेलाडी सहभागी भएका छन् । संघले खुल्ला छनोटमार्फत पुरुष राष्ट्रिय टोली तयार गर्न लागेको हो । खुल्ला छनोटको पहिलो दिन विभिन्न क्लब तथा प्रदेशबाट गरी कुल ३६ खेलाडी […]
May 1, 2023
ललितपुर (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे । […]
May 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न २० डोजाङका २ सय ६० पुरुष र २ सय महिला गरी जम्मा ४ सय ६० खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले […]
May 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण फुटबलमा संचारकर्मीविरुद्ध सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ। सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) को प्रधान कार्यालय हलचोक मैदानमा भएको खेलमा सशस्त्रले सञ्चारकर्मीको टोलीलाई २–१ ले पराजित गरेको हो । सुरुवाती अग्रता सञ्चारकर्मीको टोलीले लिएपनि त्यसलाई जोगाउन सकेन। पहिलो हाफमा उजिर कार्कीको गोलमा सञ्चारकर्मीको टिमले सुरुवाती अग्रता लिएको थियो। तर […]