default_image

General

May 8, 2023

काभा महिला भलिबल च्यालेन्ज कपको ट्रफी अनावरण

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ को ट्रफी अनावरण गरिएको छ । आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गरी जेठ ८ गते सोमबारदेखि १४ गते आइतबारसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ को ट्रफी अनावरण गरिएको […]

May 8, 2023

राजेश र निश्मालाई इन्दुरो रत्नाङ्गेको उपाधि

सोलुखुम्बु (हाम्रो खेलकुद) – राजेश मगर र निश्मा श्रेष्ठले सोलुखुम्बुको रत्नाङ्गेमा भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषतर्फको इलिटमा राजेशले आठ वटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो हुँदा तेन्गि रोबर्ष तेस्रो भए । पहिलो स्थान हासिल गरेका राजेशले ३० हजार प्राप्त गरे । […]

May 8, 2023

मन्देकाजी अस्ट्रेलियामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता कराते खेलाडी तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् । मन्देकाजीलाई एनआरएन अस्ट्रेलियाले सात सय अस्ट्रेलियन डलरसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा एआरएन ओसियन संयोजक दिनेशराज जोशी, एनआरएन स्पोर्टस एकेडेमीका सहअध्यक्ष डा‍‍‍. राजु मानन्धर, एनआरएन आइसिसी मिडिया उपसंयोजक हेमन्त काफ्ले, जन […]

May 7, 2023

अष्ट्रेलियन ओपनमा दिवसलाई स्वर्ण

अस्ट्रेलिया । अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले ८४ केजीमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन् । दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जितेका हुन् । दिवसले घरेलु भुमीमा सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतपदक जितेका थिए । यस्तै नेपालले थप चार […]

May 6, 2023

विनय र मन्जुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विनय सिंह र मन्जु विकले २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु पहिलो भएका हुन् । दुवै नेपाल आर्मीका खेलाडी हुन् । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको […]

May 6, 2023

नेप्लिज तेक्वान्दो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो । […]

May 5, 2023

उज्बेकिस्तानका शोइयोर्जोनसँग रविन पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुक्केबाज रबिन थापा आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप –२०२३ मा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबिए) को आयोजनामा उज्वेकिस्तानको तास्कान शहरमा अप्रिल ३० देखि मे १४ तारिख हुने सम्म सन्चालन हुने आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप थापाले ४६–४८ किलो तौल समुहमा […]

May 5, 2023

आशा र स्वस्तिका सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिका थारु २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला ५० केजीमुनि सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै केडब्लुडब्लुकी सिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को […]

May 5, 2023

युनिका र भिजनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगिताको एकल पुम्सेतर्फ महिलामा युनिका तथा पुरुषमा भिजन पहिलो भएका हुन् । महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) की प्रगति कुइकेल दोश्रो तथा शुसंस्कारकी […]

May 5, 2023

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली टोली […]

Success

Thank you for your time.