default_image

General

May 18, 2023

पदक विजेता मुक्केवाज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए । पुरुष ८६ […]

May 17, 2023

सोफेस टेबल टेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाएका छन् । प्रतियोगितामा १ सय ९० ब्वाइज तथा […]

May 17, 2023

कृष्णमोहन स्मृति ब्याडमिन्टन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १६औं संस्करण जेठ तेस्रो साता आयोजना हुने भएको छ । आयोजक नेपाल एपिएफ क्लबले एपिएफ मुख्यालय हल्चोकमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २१ देखि २४ गते सम्म एपिएफ मुख्यालय हल्चोकमै हुने सशस्त्र […]

May 16, 2023

ग्रिनल्यान्ड, भ्याली र गोल्डेनपिकलाई बीएनए कप

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने । बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वइजको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७–१२ ले पराजित […]

May 15, 2023

एभरेष्ट तेक्वान्दोको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको तत्वावधानमा ६ जेठदेखि शुरु हुने प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ […]

May 15, 2023

ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–६ तथा भ्याली पब्लिकले एचएचसीएलाई ११–५ ले पराजित गरे । बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली […]

May 15, 2023

दक्षिण एसियाली युथ टेबल टेनिसमा नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ । नेपालले यु–१९ ब्वाइज टिम इभेन्ट्समा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी गराए । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित ४ राष्ट्रले प्रतिस्पर्धा […]

May 15, 2023

कमललाई युरोपियन च्याम्पियनसिपमा दोहोरो पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपियन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् । इङल्यान्डको ग्लोसस्टरमा भएको प्रतियोगितामा कमलले चाइनिज क्रिएटिभमा ८ खेलाडीलाई पछि पार्दै पहिलो स्थान हात पारेका हुन् […]

May 14, 2023

हन्ड्रेड स्पोर्ट्स काभा महिला भलिबलको मार्केटिङ पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – हन्ड्रेड स्पोर्ट्स म्यानेजमेन्ट प्रालि जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको मार्केटिङ पार्टनर बनेको छ । मार्केटिङ पार्टनरको लागि नेपाल भलिबल संघ र हन्ड्रेट स्पोर्ट्सबीच आइतबार सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र हन्ड्रेट स्पोर्ट्सका संस्थापक रविन्द्र […]

May 13, 2023

विशेष प्रशिक्षण लिन सुवास अष्ट्रेलिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर खेलाडी सुबास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सन्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुबासलाई शुभकामनासहित बिदाई गरे । सुबासले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने बिशेष प्रशिक्षणमा सहभागिता जनाउने छन् । […]

Success

Thank you for your time.