default_image

General

May 25, 2023

पौडीमा ११ स्वर्णसहित काठमाडौं पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ११ स्वर्ण, ११ रजत र ८ कास्यसहित दोश्रो बागमती प्रदेश प्रतियोगिता अन्तरगत पौडीमा पहिलो भएको छ । दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य जित्यो । पुरुषतर्फ ललितपुरका अनुभव सुब्बा र महिलामा काठमाडौंकी आर्या महर्जनले समान ३ स्वर्ण जितिन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको […]

May 25, 2023

काठमाडौंलाई महिला फुटबलमा उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि बिहीबार जितेको छ । गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित ग¥यो । काठमाडौंले पहिलो र दोश्रो हाफमा समान १–१ गोल ग¥यो । विजयी टिमका लागि सुजिता घलानले १० औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएकी थिइन् । काठमाडौंका लागि दोश्रो […]

May 25, 2023

जुडोमा ललितपुर अब्बल

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट […]

May 25, 2023

सोहन र पेमा उत्कृष्ट बक्सर

हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई […]

May 25, 2023

भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण

हेटौंडा (हाम्रो खेलकुद) – काठमाडौं र चितवनले दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबलतर्फ स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेल मैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को […]

May 25, 2023

भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम

भद्रपुर (हाम्रो खेलकुद) – झापाको सदरमुकाम रहेको भद्रपुर नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट समान ५ जनाका दरले ५० जनालाई बिहीबारदेखि आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कभर्डहलमा […]

May 24, 2023

काजललाई २ लाख सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई नगद २ लाख प्रदान गरिएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम् खेलकुद प्रेमी राजु लामाले गाउँपालिकाको तर्फबाट बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा काजल श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सोही अवसरमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो […]

May 24, 2023

सुजित र डिना उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जितेका हुन् । सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए । पुरुषमा चितवनका आशिष […]

May 24, 2023

नेपालले भारतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आज (बुधबार) एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । दुवै टोली एक खेल छँदै सेमिफानल पुगेकाले यो प्रतिस्पर्धा समूह विजेताको लागि हुनेछ । […]

May 23, 2023

दिना र जिकेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्स दुई मिटर दौडमा स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित पिप्ले काम्पा रंगशालामा दुई सय मिटरको प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दिनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन् । उक्त दूरी पूरा गर्न दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय लगाए […]

Success

Thank you for your time.