December 20, 2015
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा न्युडायमण्ड, नेपाल पुलिस र पश्चिमाञ्चल विजयी भएका छन् । नया बसपार्कमा भएको प्रतियोगितामा न्युडायमण्डले एभरेष्ट स्कुललाई २५–१८ २५–९ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी अर्को खेलमा नेपाल पुलिस क्लबले धादिङ कलाकारलाई २५–८,२५–१३ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो । […]
December 20, 2015
भरतपुर पदमोदय युवा क्लब भरतपुर–२७ , पदमपोखरी , पटिहानी , चितवनको दशौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले पुनः रामहरि सेढाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । २०६८ सालदेखि नेतृत्व सम्हाल्दै आएका सेढाई दोस्रोपटक पुन जिम्मेवारी पाएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा सञ्जिव पाण्डे, उपाध्यक्षमा पदम बहादुर पौडेल, सचिवमा कुशल पौडेल , […]
December 17, 2015
ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु ,जसका कारण अमृत चौधरी , रञ्जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, […]
December 16, 2015
सेप्टेम्बरको पहिलो तारिखदेखि करार सुरु भएपनि अगष्टको अन्तिम सातामा भारत र नेपाल बिचको खेल हेर्न ओजेम्स पुने पुगेका थिए| नेपाल फर्केलगत्तै उनले लिगको सबै खेल हेरे र लिगकै प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरे । ४१ जनाको छनोट भएपनि सागर थापा र सन्दिप राई खेल मिलेमतोको आरोपमा समातिए र ३९ खेलाडी सम्मिलित प्रशिक्षण सुरु […]
December 14, 2015
राष्ट्रिय टोलिको अन्तिम सूची मा न पर्दा झापा ११ का कर्ण लिम्बु ले आफ्नो निराशा ब्यक्त गर्दै मेस्सि, रोनाल्डो या पौच भएका मात्र राष्ट्रिय टोलिमा अटाउने अभिब्यक्ती गोल नेपाल लाई दिएका छन । ‘राष्ट्रिय टोली मा पर्न कि त कप्तान लाई रुजाउन सक्नु पर्दो रहेछ, कि त कोच लाई अथभा राम्रो पौच हुनु पर्दो रहेछ […]
November 30, 2015
काठमाडौ १४ मंसिर । नेपाल रग्वी सघंको आयोजनामा भएको पुरुष रग्वी १५ को उपाधि सोमबार त्रिभूवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा आर्मीले मध्यामाञ्चललाई १०–० स्कोरले पराजित गर्यो । जूनियरतर्फ भने अन्तरविद्यालय छात्र टच रग्वीको उपाधि भने सैनिक आवासिय महाविद्यालयले जितेको । छात्रको फाइनल खेलमा सैनिकले बेलोर एकेडमिलाई १५…–० स्कोरले पराजित गर्दै उपाधि हात […]
November 29, 2015
करिब १ महिना मात्र बाँकी भएको साफ च्याम्पियनशिप नेपाली फुटबल समर्थकहरुलाई कुनै चाड भन्दा कम हैन । फिक्सिङ प्रक्ररण, अध्यक्षको प्रतिबन्ध लगायात धेरै दुखाइ बोकेको नेपाली फुटबललाइ साफको उपाधि सबै बिर्सने आधार हुनेछ। प्रतिष्ठा बोकेको सुजुकी साफ कपमा यी ५ नेपाली खेलाडीहरुको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ : १. अनन्त तामांग : सागर थापा र सन्दिप राइको […]
November 17, 2015
मङ्शीर १ गते, काठमाडौं । नेपाल ओलम्पिक कमिटिका भर्खरै निर्वाचित पदाधिकारीहरुले कार्तिक २९ गते नव निर्वाचित राष्ट्रपती बिद्या भण्डारीलाई भेट गर्दै अब हुने ब्राजिल ओलम्पिकको लागि निमन्त्रतणा पत्र हस्तान्तरन गरेका छन । राष्ट्रपतिको कार्यालयमा भएको भेटमा ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, उपाध्यक्ष लामा तेन्डी शेर्पा, उपाध्यक्षद्वय पुरेन्द्र लाखे र ज्योति राणाको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा […]
November 16, 2015
काठमाडौं, कात्तिक ३० रोयल पेनगुइन बुटिक होटल र क्रु क्लोदिब युकेले संयुक्तरुपमा काभ्रेको ढुखंर्क गाविसका भूकम्प पीडित दलितलाई जाडो छेक्ने न्यायो लत्ताकपडा वितरण गरेको छ । ढुखंर्कमा सोमबार आयोजित कार्यक्रममा तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ दीपक थापा, ढुंखर्कका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले झन्डै ७० घरधुरी पीडितलाई लत्ताकपडा हस्तान्तरण गरेका थिए । वैशाख […]
November 15, 2015
फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमण विरुद्ध आज दशरथ रंगशालामा मैनबत्ती बाल्ने कार्यक्रम भयो| नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा भएको कार्यक्रममा खेल क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति थियो| राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्ट पनि सो कार्यक्रममा सहभागी भएका थिए| फ्रान्सको राष्ट्रिय रंगशाला ‘पार्क डे प्रिन्सेस’मा फ्रान्स र जर्मनी बीच मैत्रीपुर्ण फुटबल खेलको दौरान भएको […]