default_image

General

June 4, 2023

कर्णाली र बागमतीलाई रग्बी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र बागमती प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कर्णाली पुरुष तथा बागमती महिलामा च्याम्पियन बने । भक्तपुरको सानो थिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित ग¥यो । निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो । प्रदेश […]

June 3, 2023

विजय र अर्पणालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विजय राई र अर्पणा तामाङले दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ५५ केजी तौलसमूको पुरुषमा विजय तथा महिलामा अर्पणाले स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे । […]

June 3, 2023

रष्ट्रिय रग्बीमा सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको पहिलो दिन शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैमा सेमिफाइनल समीकरण तयार भयो । भक्तपुरको सानो थिमी मैदानमा भएको प्रतियोगिताको पुरुषमा नेपाल आर्मीले एपीएफ क्लब तथा कर्णाली प्रदेशले […]

June 3, 2023

नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला र पुरुष १०–१० तौलसमूह गरी २२ […]

June 3, 2023

ओलम्पिक दिवसमा साइकल ¥याली

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल ¥याली आयोजना गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधान, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको व्यवस्थापन तथा नेपाल साइक्लिङ संघको आयोजनामा ¥याली आयोजना गरिएको हो । ¥यालीमा १ सय २५ जना सहभागी थिए । ¥याली बसन्तपुर डबलीबाट सुरु भइ सातदोबाटोस्थित एनओसीको मुख्यालयमा पुगेर टुंगिएको […]

June 3, 2023

भ्याली र ग्रिनल्यान्ड सफल

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र ग्रिनल्यान्डले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सफलता पाएका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भ्याली पब्लिकले आयोजक बीएमसीए ‘बी’ लाई ४२–३३ ले पराजित ग¥यो । भ्याली पब्लिकका अनमोल गुरुङले १५ अंक योगदान गरे । प्रवीण गुरुङको १३ […]

June 3, 2023

नुवाकोटे टाइगर हेभी वेट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नुवोकाटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गरे । उपाधिसंगै टाइगरले १ लाख ५५ हजार नगद पुरस्कार पाए । एक साताको अवधिमा टाइगर हेभी वेट च्याम्पियन बनेको दोश्रो पटक हो […]

June 3, 2023

एपिएफलाई भलिबल उपाधि

मकवानपुर (हाम्रो खेलकुद) – हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ । मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जित्न सफल भएको हो । एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । […]

June 2, 2023

ललितपुर हाइ सफल

काठमडौं (हाम्रो खेलकुद) – ललितपुर हाइले दोश्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा शुक्रबार सफलता पाएको छ । कीर्तिपुर कभर्डहलमा ललितपुर हाइले धरान बास्केटबल संघलाई ७२–३९ ले पराजित ग¥यो । विजयी टिमका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् । महिलामै रोयलले कीर्तिपुर बास्केटबल टिमलाई ८१–३० तथा बूढानीलकण्ठ बास्केटबल क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ६८–२० […]

June 2, 2023

विवेक र निरज सेमिफाइनलमा

काठमडौं (हाम्रो खेलकुद) – धादिङका विवेक श्रेष्ठ र काठमाडौंका निरज दुदराज दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा ललितपुरका सन्देश नगरकोटी र काठमाडौंका शेख रिज्वान पनि सेमिफइनलमा पुग्न सफल भए । प्रतियोगिताको नेता सन्तु दराईले एक कार्यक्रमबीच […]

Success

Thank you for your time.