May 12, 2016
पञ्चोदय उमाविकी सविता चौधरी र कर्णाली उमाविका रमेश चौधरीले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा बिहीबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पूर्ण दृष्टिविहीनतर्फ छात्रा ५० मिटर दौडमा सविताले स्वर्ण जितेकी हुन् । लेबोरेटरी उमाविकी सनिता भट्टराई दोश्रो तथा नमुना मच्छिन्द्र माविकी जानु खनाल तेश्रो भए । रमेश सोही स्पर्धाको छात्रमा पहिलो बने […]
May 11, 2016
नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार– २०७२ बाट अजय फुयाल र रामसूदन तिमल्सिनालाई नगदसहति सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडलले फुयाल र तिमल्सिनालाई नगर पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । संघका संस्थापक अध्यक्ष सिंहको स्मृतिमा स्थापित सो पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ […]
May 9, 2016
काठमाडौं खेल मण्डल (एनआरटी)को २४ औं आन्तरिक स्नुकर प्रतियोगितामा डिकेन सुवाल पहिलो भएका छन् । बेस्ट अफ नाइनको फाइनलमा डिकेनले राजु केसीलाई ५–२ फ्रेममा पराजित गरे । बविनप्रधान र राजेन्द्र शाक्य संयुक्त रुपमा तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५ हजार, ३ हजार र १/१ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा सर्वाधिक […]
May 9, 2016
धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि पााच पटक उपत्यकादेखि लुम्बिनीसम्म दौडिसकेका कार्कीले छैटौं पटकको दौड जेठ ५ गतेदेखि प्रारम्भ गर्ने भएका छन् । कार्की बुद्धजयन्तीका दिन जेठ ८ गते बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा हुने र्यालीमा पनि सहभागी हुने छन् । दौडका दौरान कार्कीलाई […]
May 9, 2016
पोखरा, २६ बैशाख नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मंचले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । जुरी कमिटीको सिफारिस र […]
May 7, 2016
नेपाल खेलकुद पत्रकार मञ्चलो आज १२औं साधारण सभामाझ नयाँ कार्यसमितिको निर्वाचन गरेको छ| १२ सदस्यीय कार्यसमितिको गठनका लागि उपाध्यक्ष पदमा निर्वाचन गर्नुपरेको थियो भने बाँकि सबै पदमा निर्विरोध उम्मेदवारी परेको थियो| महेश आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भए भने दुर्गानाथ (देवेन्द्र) सुवेदि प्रथम उपाध्यक्षमा निर्विरोध रहे| ६७ मत खसेको मध्य क्रमश: ४२ र ४० मत हसिल […]
May 7, 2016
२६ बर्षिय क्यामरुनका खेलाडी प्याट्रीक इकेङ्गको असामयिक निधन भएको छ । खेलका दौरान लडेका प्याट्रीकको २ घण्टा पछि अस्पतालमा निधन भएको थियो । उनको निधनको कारण नखुले पनि हृदयघातका कारण निधन भएको अनुमान लगाइएको छ । प्याट्रीकले क्यामरुनको लागि दुई खेल खेली सकेको थिए ।
May 4, 2016
च्याम्पियन्स लिगको दोस्रो सेमि फाइनल खेलको दोस्रो लेगमा रियल म्याड्रीडका लागि कृस्टिएनो रोनाल्डोले म्यान्चेस्टर सिटि बिरुद्ध सुरुवात गर्ने छन । तिग्राको चोटका कारण अघिल्लो ३ खेलमा बाहिर रहेका रोनाल्डो सिटि बिरुद्धको पहिलो लेगमा पनि खेल देखि बाहिर थिए । उनी ला लिगामा रियाल सोसिइडाड बिरुद्दको जितमा पनि आरम गरेका थिए भने आजको खेल भन्दा १ […]
April 24, 2016
रोयाल च्यालेन्जर ब्याङ्लोरका कप्तान विराट कोह्लीले टि २० क्रीकेटमा पहिलो पटक सेन्चुरी प्रहार गरेका छन । जारी ईन्डियन प्रीमियर लिग (आइपिएल)मा गुज्रात लायन्स बिरुद्ध कोह्ली ले ६३ बल खेल्दै कोह्ली ले ११ चौका र १ छक्काको मद्धत ले १०० रन जोडेका हुन । बेङलोरले २० ओभर खेल्दै गुज्रात सामु १८१ रनको लक्ष्य तयार पार्यो ।
April 22, 2016
काठमाडौं । नेपाली कराँते खेलाडी सुनिल लामा अमेरिकाको डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । गोसिन रियु मार्सल आर्ट एण्ड फिटनेश स्टुडियोबाट अमेरिकाको न्यूयोर्कमा हुन लागेको हिरोल्ड काई अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा खेल्ने पक्का भएपछि उनी अमेरिकी डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । उक्त च्याम्पियनसिपमा लामासँगै जनकसिंह खड्काले पनि प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिप […]