July 17, 2016
काठमाडौं (हाम्रो खेलकुद), साउन २ नेपाल खेलकुद पत्रकार मञ्चले आयोजन गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा ‘रुस्लान हन्ड्रेड पर्सेन्ट प्योर फुटबल’ले सह प्रयोजनको रुपमा साथ दिएको छ । प्रायोजन सम्झौता आइतबार भएको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले हस्ताक्षर गर्नुभयो । […]
July 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी […]
July 11, 2016
नेपाल सरकारको खेलकुद मन्त्रालयले यही श्रावण १८ गते खेलाडी, प्रशिक्षक र संघ गरेर दश जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कृत सबैले नगद १-१लाख प्राप्त गर्ने छन । नेपाल सरकारको खेलकुद मन्त्रालयले गत बर्षको प्रदर्शन र कार्य हेर्दै एक संघ, दुई प्रशिक्षक र सात खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । पुरस्कृत […]
July 10, 2016
लन्डन (एजेन्सी) -ब्रिटेनका एन्डी मुरले दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । छैटौं वरियताका क्यानेडियन मिलोस राओनिकलाई ६–४,७–६(७–३),७–६(७–२) हराउँदै मुरे च्याम्पियन बनेका हुन् । स्कटल्यान्डका २९ बर्षे मुरेको त्यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । उनले यसअघि सन् २०१३ मा पहिलो पटक विम्बल्डन जितेका थिए । १९३५ पछि दोस्रो पटक विम्बल्डन जित्ने मुरे पहिलो ब्रिटस […]
July 9, 2016
लन्डन (एजेन्सी)– विश्व नम्बर एक सेरेना विलियम्सले चौथो वरियताकी जर्मन एन्जेलिकी केरबेरलाई हराउँदै सातौं पटक विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । सेरेनाको त्यो २२ औं ग्रान्डस्लाम उपाधि हो । ३४ बर्षे सेरेनाले सेन्टर कोर्टमा केरबेरलाई ७–५,६–३ को सोझो सेटमा हराउँदै महत्वपूर्ण प्रतियोगितामा स्टेफि ग्राफका कीर्तिमान उपाधिसँग बराबरी गरेकी हुन् । सेरेनालाई जनवरीमा अस्टे«लियन ओपनको फाइनलमा […]
July 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – धर्मश्री राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता असोजको दोश्रो साता आयोजना हुने भएको छ । शारीरिक सुगठनका अध्येता शहिद धर्म भक्त माथेमाको सम्मानमा २०१० सालमा स्थापित नेपालकै पहिलो सार्वजनिक शारीरिक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा २०४२ साल देखि सुरुवात गरिएको धर्मश्री शारीरिक सुगठन चौधौं धर्मश्रीको रुपमा असोज १३ र १४ गते […]
July 4, 2016
काठमाडौं, असार २० गते । रसियाको याकुजमा हुने छैटौं चिल्ड्रन अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टोलीको ‘सेभ दि मिसन’ का रुपमा सहभागी हुन सदस्य–सचिव त्यसतर्फ प्रस्थान गरेका हुन् । जुलाई ५ देखि १२ तारिखसम्म हुने गेम्समा नेपालले बक्सिङ, […]
July 2, 2016
नेपाल खेलकुद पत्रकार मञ्चले ९२ औं विश्व खेल पत्रकार दिवस (२ जुलाई) शनिबार मनाएको छ । होटल रोयल सिंगीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआईपीएस) का अध्यक्ष जियानी मेर्लोको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो । यसै सन्दर्भमा मञ्चले नेपालले सन् २०१८ मा आयोजना गर्ने ‘१३ औं दक्षिण एसियाली खेलकुद (साग): तयारी र चुनौतीहरु’ […]
July 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा संयुक्त आयोजित कार्यक्रममा विराजलाई नगद १५ हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो । गत वर्ष भारतमा भएको १२ औं […]
June 23, 2016
नेपालमा पनि ओलम्पिक डे– २०१६ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाएको हो । सो अवसरमा ओलम्पियनहरु पुष्पराज ओझा, विमला राना मगर, देबु थापा, संगीना वैद्य, जितबहादुर केसी, अमिरी यादव, उमेश मास्के, प्रवीण तुलाधर र […]