default_image

General

August 4, 2016

पारा तेक्वान्दो टोली भारत जाँदै

पारा तेक्वान्दो च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको अहमदाबाद प्रस्थान गर्दैछ । अगष्ट ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा नवराज कार्की र सोमबहादुर सुनुवारले प्रतिस्पर्धा गर्नेछन् । नवराजले के ४४ तथा सोमले के ४२ क्याटगोरीमा खेल्ने छन् । प्रशिक्षकमा लोकेन्द्र आचार्य तथा अफिसियलमा नेपाल पारा तेक्वान्दो संघका […]

July 30, 2016

सागका लागि सदस्य–सचिव विष्टको संयोजकत्वमा कार्य सम्पादन उपसमिति

काठमाडौं (हाम्रो खेलकुद) –नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको संयोजकत्वमा कार्य सम्पादन तथा सहजीकरण उपसमिति गठन गरिएको छ । १३ औं सागका लागि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा गठित तयारी तथा व्यवस्थापन समितिको सातदोबाटोमा शनिबार बसेको बैठकले सदस्य–सचिव विष्टको […]

July 30, 2016

सुदूरपश्चिमको भलिबल प्रशिक्षण केन्द्रलाई आधिखोला स्पोर्टस क्लबको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको आधिखोला स्पोर्टस क्लबले महेन्द्रनगर कञ्चनपुरको भलिबल प्रशिक्षण केन्द्रलाई १२ जोर ट्रयाकसुट सहयोग गरेको छ । २२ बर्षदेखि हङकङ बस्दै आएका क्लबका अध्यक्ष शंकर गुरुङले शनिबार राजधानीमा प्रशिक्षण केन्द्रमा प्रमखु जगदिश भट्टलाई भट्टलाई ट्रयाकसुट हस्तान्तरण गरे । पूर्व भलिबल खेलाडी समेत रहेको गुरुङले भने,‘भलिबल खेलाडी उत्पादनमा सुदूरपश्चिमाञ्चलको भूमिका महत्वपूर्ण रहँदै आएको […]

July 29, 2016

सुर्बिन्द्रले जिते वर्षको सर्वोत्कृष्ट खेलकुद फोटो

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ अन्तर्गत मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुर्बिन्द्र कुमार पुनले जितेका छन्। सो विधामा दोश्रो पुरस्कार रोबिक उपाध्यायले जिते भने तेश्रो पुरस्कार उमेश श्रेष्ठको नाममा रह्यो।  विधाको प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्राले १० हजार रुपैयाँ जितेका छन्।  

July 26, 2016

राष्ट्रपतिद्वारा रियो ओलम्पिक टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गर्नुभयो । अगष्ट ५ देखि २१ तारिखसम्म हुने गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडी सहभागी हुादैछन् । एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला १ हजार […]

July 24, 2016

तोम्बुलाको उपहार ओलम्पिक खेलाडीलाई

काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा अर्को महिना सुरु हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो कम्पनीको तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक सदस्यलार्ई उपहार प्रदान गरेको हो । नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए । नेपाल ओलम्पिक कमिटीका […]

July 24, 2016

भ्याली पब्लिक र डाफोडिलको जित

काठमाडौं, साउन ८ गते । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित गर्‍यो । विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई २–११ को सााघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् […]

July 23, 2016

जगजितको शानदार फ्रिकिकमा ह्युम विजयी

गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन्। जगजितले आफ्नो टोली २-१ले पछि परेको स्थितिमा शानदार फ्रिकिक प्रहार गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा गोल गर्दै ह्युमले लगातार दोश्रो जित पक्का पारेको हो। जगजितले यसअघि पहिलो खेलमा दुई गोल गर्दै टोलीलाई ३-२को जित […]

July 21, 2016

नवयुग र फूपुल्हामु उत्कृष्ट खेलाडी, ९ मध्ये ६ अवार्ड फुटबललाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा फुटबलले ९ मध्ये ६ वटा अवार्ड जितेको छ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषणा हुँदा फुटबलकै अञ्जन विष्ट युवा खेलाडी, बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक र फुटबलकै श्रीराम रञ्जिकार लाइभ टाइम एचिभमेन्ट अवार्डबाट […]

July 18, 2016

क्यान्सर पीडित बक्सर रानामगरले भने म अझै देशका लागि केही गर्न चाहन्छु

काठमाडौं (हाम्रो खेलकुद ) – खेलाडी कल्याणकारी कोषबाट क्यान्सरसँग लडिरहेको बक्सिङका पूर्व खेलाडी इन्द्रवहादुर रानामगर आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक बिष्टले ५० आइतबार रानामगर उपचार गराइरहेको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पताल पुगेर सहयोगमो ५० हजार रुपैँयाको चेक हस्तान्तर गरे । अध्यक्ष विष्टले रानामगरको उपचार सरकारले गर्नुपर्नेमा जोड दिए […]

Success

Thank you for your time.