July 29, 2016
फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ अन्तर्गत मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुर्बिन्द्र कुमार पुनले जितेका छन्। सो विधामा दोश्रो पुरस्कार रोबिक उपाध्यायले जिते भने तेश्रो पुरस्कार उमेश श्रेष्ठको नाममा रह्यो। विधाको प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्राले १० हजार रुपैयाँ जितेका छन्।
July 26, 2016
ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गर्नुभयो । अगष्ट ५ देखि २१ तारिखसम्म हुने गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडी सहभागी हुादैछन् । एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला १ हजार […]
July 24, 2016
काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा अर्को महिना सुरु हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो कम्पनीको तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक सदस्यलार्ई उपहार प्रदान गरेको हो । नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए । नेपाल ओलम्पिक कमिटीका […]
July 24, 2016
काठमाडौं, साउन ८ गते । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित गर्यो । विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई २–११ को सााघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् […]
July 23, 2016
गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन्। जगजितले आफ्नो टोली २-१ले पछि परेको स्थितिमा शानदार फ्रिकिक प्रहार गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा गोल गर्दै ह्युमले लगातार दोश्रो जित पक्का पारेको हो। जगजितले यसअघि पहिलो खेलमा दुई गोल गर्दै टोलीलाई ३-२को जित […]
July 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७२ मा फुटबलले ९ मध्ये ६ वटा अवार्ड जितेको छ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषणा हुँदा फुटबलकै अञ्जन विष्ट युवा खेलाडी, बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक र फुटबलकै श्रीराम रञ्जिकार लाइभ टाइम एचिभमेन्ट अवार्डबाट […]
July 18, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – खेलाडी कल्याणकारी कोषबाट क्यान्सरसँग लडिरहेको बक्सिङका पूर्व खेलाडी इन्द्रवहादुर रानामगर आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक बिष्टले ५० आइतबार रानामगर उपचार गराइरहेको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पताल पुगेर सहयोगमो ५० हजार रुपैँयाको चेक हस्तान्तर गरे । अध्यक्ष विष्टले रानामगरको उपचार सरकारले गर्नुपर्नेमा जोड दिए […]
July 17, 2016
काठमाडौं (हाम्रो खेलकुद), साउन २ नेपाल खेलकुद पत्रकार मञ्चले आयोजन गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा ‘रुस्लान हन्ड्रेड पर्सेन्ट प्योर फुटबल’ले सह प्रयोजनको रुपमा साथ दिएको छ । प्रायोजन सम्झौता आइतबार भएको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले हस्ताक्षर गर्नुभयो । […]
July 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी […]
July 11, 2016
नेपाल सरकारको खेलकुद मन्त्रालयले यही श्रावण १८ गते खेलाडी, प्रशिक्षक र संघ गरेर दश जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कृत सबैले नगद १-१लाख प्राप्त गर्ने छन । नेपाल सरकारको खेलकुद मन्त्रालयले गत बर्षको प्रदर्शन र कार्य हेर्दै एक संघ, दुई प्रशिक्षक र सात खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । पुरस्कृत […]