default_image

General

November 9, 2016

रेडबुल फुटबल लिगमा इम्पेरियल र कुमारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत मंगलबारका खेलमा कौसलटारको इम्पेरियल फुटसल र पकनाजोलको कुमारी फुटसल विजयी भएका छन् । कौसलटारस्थित इम्पेरियल फुटसलले होम ग्राउन्डमा आदर्श फुटसललाई ६–५ ले हरायो । इम्पेरियलका लागि कृष्ण अधिकारीले ह्याट्रिक पूरा गरे भने सुमेरु थापाले २ र बालकृष्ण केसीले १ गोल गरे । आदर्श फुटसल नैकापका लागि […]

November 8, 2016

किर्तिमानी खेलाडी बिष्ट गृह जिल्लामा सम्मानित

धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट मंगलवार गृह जिल्ला कैलालीमा सम्मानित भएका छन् । तेक्वान्दो मार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिनाउनुका साथै दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार वटा स्वर्ण पदक जितेर मुलुकको प्रतिष्ठा बढाएकोमा दीपकलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीले मंगलवार सम्मान गरेको हो । छनोट चरण पार गरे सन् २००८ […]

default_image

November 8, 2016

ओलम्पियन दीपकको सक्रियतामा खेल सामाग्री वितरण

धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले सुदूरपश्चिमका नौ वटा जिल्लाका खेलाडीहरुलाई करीव २५ लाख रुपैया बराबरको खेलकुद सामग्री प्रदान गरेका छन् । उनले चार सय थान तेक्वान्दो डे«स, ६४ सेट तेक्वान्दो म्याट, १० पिस चेष्ट प्याड, २० थान तेक्वान्दो प्याड, सय थान फुटवल र २० थान भलिबल सुदूरपश्चिमका नौ जिल्लाका खेलकुद विकास […]

November 8, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोलीले माल्दिभ्सको महिला राष्ट्रिय भलिबल लिगमा सुखद सुरुआत गर्न सकेन । शनिबार राती भएको खेलमा मञ्जु र अरुणको टोली फेयस्दा माल्दिभियन आरसीसँग ३–० ले पराजित भएको थियो । माल्दिभियन २५–१५,२५–१६ र २५–१७ ले विजयी भएको थियो । […]

November 6, 2016

सुमन भोम्जन प्रतिष्ठानले खेलकुद आयोजना गर्ने

हेटौंडा (हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले अर्को महिना आयोजना गर्ने व्यापार महोत्सवसँगै विभिन्न खेल सम्मिलित राष्ट्रिय खेलकुद पनि आयोजना गर्ने भएको छ । हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेलकुदतर्फ म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए । त्यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लब र ढोरपाटन क्लबबीच मैत्रीपूर्ण भलिबल खेल सञ्चालन […]

November 6, 2016

साइक्लिङको टेक्निकल सोलिडारिटी कोर्षमा २२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) ओलम्पिक सोलिडारिटी कोर्षअन्तर्गत साइक्लिङ प्रशिक्षकहरुका टेक्निकल कोर्ष सुरु भएको छ । युसिआइका विज्ञ डेविडले कोर्षमा एक सयम सैद्धान्तिक र एक समय व्यवहारिक ज्ञान दिनेछन् । नेपालमा साइक्लिङ खेलको प्रचुर सम्भावना रहेकाले कोर्षले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कोर्षमा विभिन्न जिल्ला, एपिएफ, आर्मीलगायतका २२ प्रशिक्षकले प्रशिक्षणमा भाग लिएका […]

November 6, 2016

अभिलाषाले एसियाली लनटेनिसमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– लनटेनिस खेलाडी अभिलाषा विष्ट एटिएफ एसियाली ¥याङकिङ प्रतियोगितामा भाग लिन शनिबार भारतको हैदरावाद गएकी छन् । सोमबार देखि नोभेम्बर १२ सम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन् । डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई जोडीका रुपमा छान्न पाउनेछिन् । प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, पाकिस्तान र हङकङको […]

November 6, 2016

मञ्जु र अरुणा पनि भलिबल खेल्न माल्दिभ्स पुगे

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेका नेपाली महिला राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलीकै सदस्य अरुणा शाही शनिबार त्यहाँ पुगेर टोलीसँगको अभ्यासमा जुटेका छन् । घरेलु प्रतियोगितामा पश्चिमाञ्चलबाट खेल्दै आएका मञ्जुले अरुणाले माल्दिभ्सको फेयस्दा क्लबबाट त्यहाँको क्लब लिग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् । उनीहरु दुवै पहिलो पटक पहिलो पटक विदेशी क्लबमा […]

November 5, 2016

एपिएफको फराकिलो जितमा सावित्री एक्लैको १० गोल

काठमाडौं (हाम्रो खेलकुदद) – एपिएफले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विभागीय टोली एपिएफले पश्चिमाञ्चल टोलीलाई १५–० ले हरायो । अर्को खेलमा मध्यमाञ्चलले सुदूरपश्चिममाथि ७–० को जित हासिल गर्यो । साबिक विजेता समेत रहेको एपिएफ पहिलो जितबाटै सेमिफाइनलमा पुगेको छ । भारतको बिहार टिम नआएपछि एपिएफले सेमिफाइनलमा आइतबार पुलिससँग प्रतिस्पर्धा […]

November 5, 2016

हेमन्तलाई तेस्रो लक्ष्मी बैंक गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद )– तेस्रो लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि हेमन्त गुरुङले जितेका छन् । गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार स्टेबलफोर्ड पद्दतिअनुसार ३/४ ह्यान्डिक्यापमा खेलाइएको प्रतियोगितामा ८ ह्यान्डिक्यापका साथ खेलेका हेमन्तले ३९ स्कोरका साथ उपाधि जितेका थिए । उपाधिका साथ उनले २० हजार रुपैयाँ हात पारे । १ ह्यान्डिक्यापका साथ खेलेका वाङचेन धेन्दुप ३७ […]

Success

Thank you for your time.