default_image

General

March 27, 2017

अत्तरिया वुमन्स कप टि–ट्वान्टीका सहभागी टोलीका कप्तानले के भने ?

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी वैशाख १० गतेबाट अत्तरियामा पहिलोपटक अत्तरिया वुमन्स कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। २० गतेसम्म चल्ने प्रतियोगिता अत्तरियास्थित एपिएफको क्रिकेट मैदानमा हुनेछ। घरेलु क्रिकेट प्रतियोगितामा महिला क्रिकेट प्रतियोगिता निकै कम भैरेहको अवस्थामा युनाइटेड अत्तरिया स्पोर्टस् क्लबले पहिलोपटक व्यवसायिक रुपमा पहिलोपटक अत्तरिया कप टी–ट्वान्टी वुमन्स कप क्रिकेट प्रतियोगिता हुने भएको हो। […]

March 26, 2017

झिल्टुंग क्रस कन्ट्री रेस हुने टुंग

काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटको कोल्पुटारमा प्रथम झिल्टुंग क्रस कन्ट्री रेस हुने भएको छ । महादेव माध्यमिक विद्यालय कोल्फुटारको आयोजना तथा नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा नुवाकोट यही चैत १९ गते शनिबार पहिलोपटक क्रस कन्ट्री रेस हुन लागेको विद्यालयका प्रधानाध्यापक केदार प्रसाद नेपालले आइतबार पत्रबार सम्मेलेनमा जानकारी गराए । रेसमा नेपालका राष्ट्रिय स्तरका धावकहरुले उपस्थिति जनाउने […]

March 21, 2017

राष्ट्रिय टिम तयारीका खेलाडीसंग सदस्य सचिवको भेट

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुसंग मंगलबार भेट गरेका छन्। सम्बन्धित खेलका मुख्य प्रशिक्षक, राष्ट्रिय टिम तयारीका प्रशिक्षकलगायतको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडीलाई भेट गरी तालिमका विषयमा सदस्य–सचिव विष्टले जानकारी लिएका थिए। सो अवसरमा सदस्य–सचिव विष्टले खेलाडीलाई अनुशासनमा विशेष ध्यान दिन सुझाउदै खेल […]

March 21, 2017

राणा पक्ष ताला खोलेर एनओसी भवन छिर्यो

काठमाडौं (हाम्रो खेलकुद)– सर्वोच्च अदालतको निर्णयबाट पूर्नस्थापित रुक्म शम्सेर राणा अध्यक्ष रहेको समितिका पदाधिकारी आफैले दुई महिना अघि लगाएको ताला खोलेर पहिलो पटक मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवन भित्र प्रवेश गरेका छन् । राणा नेतृत्वको एनओसीका कार्यवहाक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा सातदोबाटोस्थित एनओसी मुख्यालय पुगेको समूहले प्रहरीको रोहबरमा ताला खोलेर भवन भित्र प्रवेश […]

March 20, 2017

देशभक्त सैनामैना गोल्ड कपको सेमिफाइनलमा, गोर्खा ब्वाइज बाहिरियो

दिपक न्यौपाने बुटवल – देशभक्त भैरव एफसी सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । साविक विजेता बुटवलको गोर्खा ब्वाइज क्लबलाई सोमबार २–० ले हराउँदै नवलपरासीको देशभक्तले अन्तिम चारको यात्रा पक्का गरेको हो । दुवै गोल रामबहादुर थापाले गरेका थिए । २५ औं मिनेट रामले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो […]

March 18, 2017

नेपालगञ्जमा खेल संस्कारलाई पूर्नजीवन दिने प्रयासमा खेलकर्मी

प्रकाश तिमल्सिना नेपालगञ्ज– टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल सकिएको केही क्षणपछिबाट आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको मोबाइलमा एक पछि अर्को कल आउन थाल्यो । मोबाइल उठाउँदै धन्यवाद दिदामा उनलाई फुर्सद भएन । अलि रात पर्दै गएपछि भने उनले मोबाइलको स्विच अफ नै गरे । अधिकांश फोन बधाईका थिए । […]

March 16, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल फाइनल – प्रत्यक्ष अपडेट

टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल फाइनल अग्नी रुपन्देही ११ विरुद्ध सिएमजी क्लब संकटा नेपालगञ्ज रंगशाला सिएमजी क्लब संकटा – अजय महर्जन (गोलकिपर), रवि सिलवाल (कप्तान), सविन खड्का, लावल ओलालेकान, विश्व अधिकारी, शुसील केसी, अनिल गुरुङ, राज पौडेल, मार्टिन अजयी, एगबोल मोसुद, भुषण सुब्बा अग्नी रुपन्देही ११ – सोजित गुरुङ (गोलकिपर, कप्तान), कालु थापा, सौरभ मगर, […]

March 12, 2017

नेपाल हवाई खेलकुद संस्थाको अध्यक्षमा पुनः भट्टराई

पोखरा (हाम्रो खेलकुद) – नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनबाट पनुः योगेश भट्टराईको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई बर्षको लागि भट्टराइको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । नाको प्रथम उपाध्यक्षमा सोभित बानिया, द्धितीय उपाध्यक्षमा […]

March 11, 2017

टि.यु. मैदानको ताजा अवस्था

काठमाडौं (हाम्रो खेलकुद) – वर्षातका कारण नेपाल र केन्याबिच आज हुने खेल केहि पर सरेको छ। मैदानमा अझै पानी परिरहेकाले ९ बजे हुनुपर्ने ‘टस’ अझै भएको छैन। टियु क्रिकेट मैदानको ताजा अवस्था यस्तो छ:

Gyanendra Malla and Ayesha Shakya

March 10, 2017

खेलाडी संघले पूर्णता पायो – ज्ञानेन्द्र र आयशा उपाध्यक्षमा मनोनित

काठमाडौं (हाम्रो खेलकुद) – अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संघको बैठकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आफ्नो नयाँ कार्य समितिलाई पूर्णता प्रदान गरेको छ ।  २७ सदस्यीय कार्य समितिमा २ उपाध्यक्ष र ५ सदस्यलाई मनोनित गर्दै समितिलाई पूर्णता प्रदान गरेको हो । संघको मनोनित उपाध्यक्ष द्वयमा ज्ञानेन्द्र मल्ल (क्रिकेट) र आयशा शाक्य (तेक्वान्दो) […]

Success

Thank you for your time.