default_image

General

May 3, 2017

दिपक र निकेशलाई पदक

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली किक बक्सिङ टोलीले तुर्केमिनीस्तानमा भएको वाको एसियन किक बक्सिङ च्याम्पियनसपिमा दुई पदक जितेका छन् । तुर्केमिनिस्तानको आस्कावादमा भएको च्याम्पियनसिपको पुरुष ७१ केजीमा नेपालका दिवस श्रेष्ठले रजत र ७४केजीमा निकेश श्रेष्ठले कास्य पदक दिलाए । गत अप्रील २२ देखी ३० तारिखसम्म भएको खेलमा दिवसले क्वाटरफाइनलमा काजकिस्तान र सेमिफाइनलमा  चाइनिज ताइपेईका खेलाडीलाई हराउँदै […]

May 2, 2017

दक्षिण एसियाली योग हुने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योग खेलकुद च्याम्पियनसिप बैशाख २३ गतेदेखि हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गरायो । च्याम्पियनसिपमा ८ देखि १२ वर्षसम्म, १२ देखि १४ वर्षसम्म, १४ देखि १८ वर्षसम्म तथा १८ देखि ३५ वर्षसम्म समूह निर्धारण गरी प्रतिस्पर्धा गराइने […]

April 29, 2017

संरक्षक र इरा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिङ्गल्सको उपाधि संरक्षकभूषण वज्राचार्य र इरा रावतले जितेका छन्। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा डिफेन्डिङ च्याम्पियन संरक्षकले जितेन्द्र परियारलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । नयाँ च्याम्पियन बन्ने क्रममा इराले महिलाको उपाधि भिडन्तमा माहिका राणालाई […]

April 29, 2017

गुरु र पल्लवीले जिते दक्षिण एशियाली ट्रायथलन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप – २०१७ को उपाधि भारतका गुरुदत्त र पल्लवी रेतिवालाले जितेका छन् । पर्यटकीय नगरी पोखरामा शनिबार भएको च्याम्पियनसिपमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) का गोलमेडलिष्ट भारतका दिलिप कुमारलाई पछि पार्दै उपाधि जितेका हुन् । गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० कि.मि. साईक्लिङ र ५ किमि […]

April 26, 2017

पोखराका रञ्जितले जिते खेलकुद फोटो पत्रकारिता अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– पोखरा १० का सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले बुधबार पहिलो पटक आयोजना गरेको फोटो कनर्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ अन्तर्गत रञ्जितले खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका हुन् । ग्रेस इन्टरनेसनलले प्रायोजन गरेको अवार्डसहित उनले २५ हजार रुपैयाँ प्राप्त […]

April 26, 2017

बक्सिङ टोली उज्बेकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसियन बक्सिङ कन्फेडेरेसनको आयोजनामा हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ। च्याम्पियनसिप आगामी अप्रिल ३० देखि मे ८ सम्म हुनेछ । दुई सदस्यीय नेपाली टिमको नेतृत्व नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गर्नेछन् । पुरन राईले ५६ केजी र दिपक श्रेष्ठले ६४ […]

April 24, 2017

नेपालले ३६ वर्षपछि एसियाली स्क्वासमा सहभागिता जनाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपालले १९८१ पछि पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पाकिस्तानको कराँचीमा त्यत्ति खेर भएको उक्त प्रतियोगितामा सञ्जिव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले प्रतिस्पर्धा गरेका थिए । अप्रिल २६ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपको १९ औं संस्करणमा दुई पुरुष […]

April 21, 2017

गुरुङ भुतपूर्व खेलाडी मंचको अध्यक्षमा निर्वाचित

पोखरा (हाम्रो खेलकुद) – तेज गुरुङ नेपाल भुतपूर्व खेलाडी मंचको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार सम्पन्न पाँचौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल ओलोम्पिक कमिटीका सदस्य गुरुङ नेपाल ह्याण्डबल संघका अध्यक्ष हुन् । यस अघि उनी मञ्चको प्रथम उपाध्यक्ष थिए । अधिवेशनले खेम गुरुङलाई महासचिवमा निर्वाचित गरेको छ । अधिवेशनले […]

April 20, 2017

दोस्रो टान–लाङटाङ म्याराथनको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)को आयोजनामा हुने दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तयारी पुरा भएको छ। विानशकारी भूकम्प गएको दिन बैशाख १२ गते हुने म्याराथनको सबै तयारी पूरा भएको आयोजक टानले बिहिबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो। म्याराथन भूकम्प प्रभावित जिल्ला रसुवाको लाङटाङ क्षेत्रमा हुनेछ। टानले अघिल्लो वर्ष गोसाईकुण्डबाट सदरमुकाम धुन्चेसम्म […]

April 19, 2017

सिन्धुपाल्चोकमा जिल्ला लिग सुरु

काठमाडौं (हाम्रो खेलकुद)– एन्फा जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलमा राइजिङ युथ क्लब र अधेरी युथ क्लबले विजयी सुरुआत गरेका छन् । लामोसाँघुमा सुरु भएको प्रतियोगितामा राइजिङ युथले लामोसाँघु फुटबल क्लबलाई ३–१ ले र अर्को खेलमा अधेरी युथले योङ स्पोर्टस क्लबलाई २–१ ले पराजित गरेको थियो । अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.