default_image

General

July 11, 2017

रमेशलाई आर्चरी उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ स्पर्धाको उपाधि स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचनले जितेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा रमेशले कास्की जिल्ला आर्चरी संघका अशिम शेरचनलाई ६–० ले पराजित गरे । १२ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता स्वयम्भूका […]

July 11, 2017

बौद्धलाई रोड हाउस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– पकनाजोल स्थित कुमारी फुत्सलमा आयोजित रोडहाउस फुत्सल कप २०७४को उपाधि बौद्ध रोड हाउसले जितेको छ । रोड हाउस ठमेल ‘ए’लाई ८–४ ले हराउँदै रोड हाउस बौद्धले उपाधि जितेको हो । आज भएको फाइनलमा बौद्धका लागि राजकुमार तामाङ एक्लैले ६ गोल गरे भने सञ्जय मगर र कप्तान सुरज खड्काले समान १ गोल गरे […]

July 10, 2017

अशिम र रमेश अर्चारीको फाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष रिकर्भ व्यक्तिगत स्पर्धामा कास्की जिल्ला आर्चरी संघका अशिम शेरचन र स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा अशिमले १२ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता स्वयम्भूका प्रेमप्रसाद पुन तथा […]

July 10, 2017

यू१८ बास्केटबलमा आयोजकको विजयी सुरुआत

काठमाडौँ (हाम्रो खेलकुद) – आयोजक एन्जल्स हर्टले प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ । मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीको परिसरमा भएको उद्घाटन खेलमा एन्जल्स हर्टको ब्वाइज टिमले ह्वाइट हाउस कलेजलाई ५३–३५ ले पराजित गर्यो । एन्जल्स हर्टको जितमा निकेश मगरले सर्वाधिक २२ अंक योगदान गरे […]

default_image

July 9, 2017

गल्फ टोली सिंगापुर प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फ खेलाडी टंक बहादुर कार्की र फुन्ट्सुक नोर्बु लामा आईतबार सिंगापुर प्रस्थान गरेका छन् । कार्की र लामाले सिंगापुर कन्ट्री क्लबमा जुलाई १०-१४ सम्म संचालन हुने सिंगापुर गल्फ च्याम्पियनशिमा नेपालको प्रतिनिधित्व गर्नेछन । नेपाल गल्फ संघका अनुसार प्रतियोगिताको समाप्ति पछि नेपाली गल्फ खेलाडीहरू कार्की र लामा एमएसटी गल्फ क्लबमा जुलाई […]

July 6, 2017

रत्नजितलाई एकल उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष एकल खुलातर्फ उपाधि जितेका छन् । बुधबार भएको फाइनल प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका रत्नजितले आफ्नै क्लबका नवीन श्रेष्ठलाई पराजित गर्दै उपाधि जितेका हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयको कभर्डहलमा भएको फाइनल खेलमा रत्नजितले २१–११, २१–१४ को […]

Pepsi Golf Conference20170705_133211

July 5, 2017

पेप्सी ओपन गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पेप्सी ओपन गल्फ शनिबार रोयल नेपाल गल्फ क्लबमा शनिबार हुने भएको छ । आयोजक रोयल नेपाल गल्फ क्लबले बुधबार एक कार्यक्रमको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता शनिबार हुने जानकारी गराएको हो । एक दिने प्रतियोगितामा करिव १२० खेलाडीहरुले सहभागिता जनाउने क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी गराए । एक दिने […]

July 3, 2017

रत्नसँगै दिपेश र विष्णु क्वार्टरफाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडडिन्टन प्रतियोगिताको तेस्रो दिन पनि नेपाली खेलाडीले आफ्नो बर्चस्व कायम राखेका छन् । हल्चोक स्थित एपीएफको कभर्डहलमा सोमबार भएको खेलमा पुरुष एकल खुलातर्फ नेपालका शिर्ष वरियताका रत्नजित तामङ र दोस्रो वरियताका दिपेश धामी क्वार्टर फाइनलमा प्रवेश गरे । त्रिभुवन आर्मी क्लबका रत्नले नेपाल पुलिस क्लबका गौतम कठायतलाई […]

July 2, 2017

शीर्ष खेलाडीहरुको दावेदारी कायमै

काठमाडौँ (हाम्रो खेलकुद) – अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा नेपालका शीर्ष खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पुरुष एकलको खेलमा नेपालका नम्वर एक खेलाडी त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङलगायतका खेलाडीले सफलता हात पार्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलमा नेपाली खेलाडी बाहेक, भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अन्तिम […]

July 1, 2017

ह्वीलचेयर बास्केटबलको उपाधि आर्मीलाई

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको इंगेज ह्वीलचेयर बास्केटबल लिगको च्याम्पियन बनेको छ । छ हप्तासम्म चलेको ह्वील चेयर बास्केटबल लिगमा शनिबार जावलाखेलमाथि ४०–० को जित निकाल्दैच्याम्पियन बन्यो । लिगमा अपराजित रहेको आर्मीले १० खेलबाट ३० अंक जोड्यो । यस्तै महिलातर्फ ह्वीलचेयर स्पोर्टस् एसोसिएसन च्याम्पियन बन्यो । ह्वीलचेयर स्पोर्टस् एसोसिएसनले शनिबार नेपाल […]

Success

Thank you for your time.