default_image

General

August 11, 2017

नेपाली फुटबल टोली तयारीका लागि जापान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदैछ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा […]

Dipak

August 10, 2017

श्रेष्ठ क्यानाडा प्रस्थान, बिष्ट अमेरिका जाने

काठमाडौँ (हाम्रो खेलकुद ) – नेपाली करातेका सफल खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन बिहीबार क्यानाडाको ओटावा प्रस्थान गरेका छन् । सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । क्यानाडाको सेमिनारपछि नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुन श्रेष्ठ अमेरिकाको […]

August 8, 2017

पदक विजेता खेलाडीलाई मन्त्री क्वार्टरमा स्वागत

काठमाडौं(हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका छन् । हरिहर भवनस्थित निवासमा मंंगलबार दक्षिण एसियाली खेलकुद (साग) तथा एसियाली खेलकुदका पदक विजेताको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको यस्तो उद्घोष गरेका हुन् । उनले खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउदै भने, ‘खेलकुदमा धेरै […]

Pokhara Sports Award 2073

August 5, 2017

भलिबलकी अरुणा र टेनिसका कुमार उत्कृष्ट

 कास्की(हाम्रो खेलकुद ) – भलिबलकी अरुणा शाही र लन टेनिसका कुमार अधिकारी दोस्रो पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत वर्ष उत्कृष्ट महिला खेलाडी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा पोखराले शनिबार पोखरा सभागृहमा आयोजना गरेको दोस्रो संस्करणको अवार्डमा भलिबलकी अरुणाले फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङलाई पछि पारिन् […]

August 2, 2017

खेलकुद मन्त्री केसी सामू चुनौतिसँगै अवसर पनि

काठमाडौं – गर्विलो इतिहास , चुनौती र सम्भावनाका बीच भर्खरै राजन केसी खेलकुद मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ४५ दिन पछि आफ्नो मन्त्री परिषद विस्तार गर्दा केसीलाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । संविधान कार्यान्वयन का लागि अत्यावश्क निर्वाचनहरु सम्पन्न गर्ने, भूकम्प र नाकाबन्दीको मारले पिडामा […]

July 31, 2017

बाप्पेलाई ल्याउने रियलको योजनामा रोनाल्डो असन्तुष्ट

म्याड्रिड (एजेन्सी)– मोनाकोबाट केलियन बाप्पेलाई भित्राउने रियल म्याड्रिडको योजनामा सुपर स्टार क्रिस्टियानो रोनाल्डो खासै खुसी नभएको बताइएको छ । आफ्नो विकल्प खोज्ने पहिलो पाइलाको रुपमा बाप्पेको आगमन हुन सक्नेमा रोनाल्डोको शंका रहेको अनुमान गरिएको छ । स्पेनको डेरियो गोलका अनुसार रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरजलाई पनि बाप्पे आउने विषय आफुलाई चित्त नबुझेको बताएका छन् । […]

July 30, 2017

धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास हुने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास मंगलबारदेखि हुने भएको छ । आयोजक नेपाल स्क्वास संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करण मंगलबार देखि शनिबारसम्म हुने जानकारी गराएको हो । यसपटक प्रतियोगितामा एक विधा थप गरिएको छ । मेन्स ओपन, गल्र्स ओपन, मास्टर ४५ देखि ५४ तथा भेट्रान ५५ वर्षमाथि, […]

July 28, 2017

नक्साल बक्सिङ क्लबद्धारा खेलाडीहरुको सम्झना

काठमाडौं(हाम्रो खेलकुद) – राजधानीको नक्सालस्थित नागपोखरी परिसरमा नक्साल बक्सिङ क्लबले आफ्नो टोलका पुराना र चर्चित खेलाडीहरुको सम्झनामा फोटो प्रदर्शनी गरेको छ । नागपोखरी महोत्सवकै दौरान क्लबले आफ्नो टोलबाट बक्सिङ खेलमार्फत राष्ट्रलाई चिनाएका पूर्व ओलम्पियन, चर्चित मुक्केबाज, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मण शम्शेर थापा, पुष्करध्वज शाही र कृष्णमान श्रेष्ठ र नक्साललाई फुटबलमा चिनाउने दिनेश सिलवाल लगायतको […]

July 27, 2017

युवा बक्सर ओम फिलिपिन्स जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसियन जुनियर बक्सिङ च्याम्पियनसिपका लागि नेपाली युवा बक्सर ओम परियार फिलिपिन्स जाने भएका छन् । एसियन जुनियर बक्सिङ च्याम्पियनसिप फिलिपिन्सको पुर्तो प्रिन्सेसा शहरमा अगस्ट १ देखि ८ तारिखसम्म सञ्चालन हुदैछ । नेपाली बक्सिङ टोली शुक्रवार त्यसतर्फ प्रस्तान गदैछ । एसियन बक्सिङ फेडेरेसनको वार्षिक क्यालेन्डर अनुसार आयोजना भएको च्याम्पियनसिपमा ओमले ४९ केजी […]

July 27, 2017

यो वर्ष फुटबल लिग होला त ?

काठमाडौँ (हाम्रो खेलकुद)– कुनै पनि देशको फुटबल विकासमा लिग मेरुदण्ड मानिन्छ । तर, नेपाली फुटबलको त्यहि मेरुदण्ड नै कमजोर रहेपछि विकासको आशा गर्ने ठाँउ पनि त्यतिकै कम रहन्छ । छ दशक लामो इतिहास रहेको नेपालको सहिद स्मारक ए डिभिजन लिग नभएको तीन बर्ष नाघिसक्यो । लिग नहुँदा त्यसको सबैभन्दा ठूलो मार खेलाडीमा पर्नेनै भयो । […]

Success

Thank you for your time.