default_image

General

December 19, 2017

तस्बिरमा टीभिएस एभरेष्ट प्रिमियर लिगको दोस्रो दिन

काठमाडौं (हाम्रो खेलकुद ) – टीभिएस एभरेष्ट प्रिमियर लिगको दोस्रो दिन भएका दुई भिन्न खेलहरुमा पोखरा राइनोज र विराटनगर वारियर्सले जित हात पारेका छन् । आज भएको पहिलो खेलमा पोखराले चितवन टाइगर्समाथि १० विकेटको शानदार जित हात पार्यो भने दोस्रो खेलमा विराटनगरले ललितपुर प्याट्रियट्सलाई ६ रनले हराएको हो । हेर्नुहोस हाम्रो खेलकुदका विवेक सुवेदीले दोस्रो दिनमा  लिएका केही तस्विरहर :  

default_image

December 18, 2017

संगम कपमा रन्जन स्‍मृतिको रोमाञ्चक जित

 काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कप फुटबल प्रतियोगितामा रन्जन मेमोरियल स्‍मृतिले रोमाञ्चक जित हात पारेको छ । रन्जन मेमोरियलले टुडिखेल युनाइटेडलाई ६-४ को गोल अन्तरले पराजित गरेको हो । रन्जन मेमोरियलको जितमा सुसान गुरुङले दुई तथा प्रविन गुरुङ, विजय तामाङ, असोक थापा र श्रमिक गुरुङले एक-एक गोलको योगदान दिए । टुडिखेलका प्रविन […]

default_image

December 17, 2017

स्पोर्टस स्कुल र न्यु बुद्ध क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र फुलवारीको न्यु बुद्ध युवा क्लब धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेका छन् । भारतको हल्द्धानी व्वाईज नआएपछि आयोजक फारवेष्ट पशुपति युवा क्लव ए ले पनि वाइ पाएर सेमिफाइनल पुगेको छ । धनगढी रंगशालामा आज दाङको स्पोर्टसले धनगढीको […]

December 17, 2017

प्रथम भक्सवागन राष्ट्रिय जिमखाना च्याम्पियनसिप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मोटर स्पोर्टस क्लबको आयोजना तथा नेपाल अटो मोबाइल एसोसिएसनको सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । आयोजकले राजधानीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पहिलो संस्करणको भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियन सिप यही पुस १५ गते हुने जानकारी गराएको हो । च्याम्पियनसिप काभ्रेको धुलिखेलस्थित […]

default_image

December 16, 2017

पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५महिला फुटबल प्रतियोगितामाको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामाना गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम सुरु हुनेछ । आज भएको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले नेपालले डिफेन्समा ध्यान दिएको कारणले फाइनल पुग्ने बताएकी छन । यस्तै […]

December 16, 2017

ब्रिसवेनमा सिम्रिक फुटबल क्लबको स्थापना

 अष्ट्रेलिया (हाम्रो खेलकुद)- अष्ट्रेलियामा नेपाली फुटबल क्लबहरुको संख्या गन्ने हो भने करिब दुई दर्जन नाघिसकेको छ। नेपालमा व्यवसायिक फुटबल खेलेर अष्ट्रेलिया आएकाहरु मात्र हैन आफ्नो नियमित दिनचर्याबाट केहि समय निकालेर फुटबल खेलमा निरन्तरता दिनेहरुको संख्या पनि ठुलै भइसकेको छ। चाहे व्यक्तिगत तनाव मुक्त गर्न होस् वा आफ्नो स्वास्थ्यको लाभका लागी समग्रमा नेपाली फुटबलले विभिन्न बहानामा […]

December 14, 2017

एमालेका अध्यक्ष ओलीलाई खेलाडीको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खेलाडी र खेल कर्मीले बालकोटस्थित निवासमा बिहीबार भेट गरी बधाइ दिएका छन् । मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले सबै भन्दा ठूलो पार्टी बनेको थियो । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]

December 11, 2017

शुक्र र प्रतिमाको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सिएमएस छैटौ फाल्डो सिरिज जुनियर च्याम्पियनसिपमा डिफेण्डिङ च्याम्पियन शुक्र बहादुर राई र प्रतिमा शेर्पा पहिलो दिन शीर्षस्थानमा रहन सफल भएका छन । गोकर्ण गल्फ क्लबमा सोमबार भएको अन्डर २१ तर्फ शुक्रले ४ ओभर ७६ अंकका साथ बिपिन तामाङलाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन । शुक्रले तेस्रो होलमा बर्डी प्रहार […]

olympian

December 3, 2017

रियो ओलम्पिकका ओलम्पियनहरु नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले रियो ओलम्पिकमा सहभागिता जनाएका सात खेलाडीलाई नगदसहित सम्मानित गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले रियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलका ७ खेलाडीलाई जनही १ लाख ३ हजार ४ सय ५० रुपैयाले सम्मानित गरेको हो । जुडोकी फुपूल्हामु खत्री, […]

December 3, 2017

आहा ! रारा गोल्ड कप माघ ९ देखि

पोखरा (हाम्रो खेलकुद) – पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता यसपटक माघ ९ गतेदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा आहा राराको १६ औं संस्करण माघ ९ गते देखि २० गते सम्म संचालन हुने आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनकारी […]

Success

Thank you for your time.