January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा किरणको टोली मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएपनि नेपाल राष्ट्रिय टोलीका गोल किपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ गरे । लिगको शीर्ष स्थानमा रहेको उनको टोलीले अंक गुमाए पनि उनी खेलको ‘म्यान अफ द म्याच’ भए । हेरौं उनले बचाएको पेनाल्टीको भिडियो ।
January 29, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर भारतीय क्लब मोहुन बगान पुगेका छन् । सोमबारै भद्रपुरबाट त्यसतर्फ प्रस्थान गरेका विमलले आज टोलीको प्रशिक्षणमा भाग लिने कार्यक्रम छ । विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ । विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ । […]
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपालको आयोजनामा ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता– क्यान कपमा तीन खेलमा प्रतिस्पर्धा हुने भएको छ । क्यान कपमा टेबलटेनिस, ब्याडमिन्ट र फुटसलमा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी गराए । प्रतियोगिता अन्तर्गत तीनदिने टेबलटेनिस सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस […]
January 21, 2018
विर्तामोड (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबलर विशाल राई र क्रिकेटकी रुविना क्षत्रीले वर्ष उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् । नेपाल खेलकुद पत्रकार मंच झापाले आइतबार विर्तामोडमा आयोजना गरेको ‘झापा स्पोर्टस अवार्ड’ नेपाली फुटबलका मिडफिल्डर विशाल र नेपाली क्रिकेटकी कप्तान क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले उपाधिसंगै जनही १५ हजार पुरस्कार पनि जितेका छन् […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नयाँ वर्षको सुरुआतसँगै खुलेको जनवरी ट्रान्सफर विन्डोको २० दिनसम्म केहि खेलाडीहरुले क्लब परिवर्तन गरिसके । फिलिप कौटिन्होले लिभरपुल छाडेर बार्सिलोना पुग्नु यस विन्डोको सर्वाधिक चर्चाको ट्रान्सफर हो । त्यस्तै आर्सनलबाट थियो वाल्कट एभर्टन, एभर्टनबाट रोस बार्क्ली चेल्सी लगायातका अन्य सरुवाले पनि समर्थकको ध्यानाकर्षण गरेको छ । ट्रान्सफर विन्डोमा अझ केही समय […]
January 19, 2018
अमृत चिमरिया हेटौंडा – मकवानपुर फुटबल संघको अध्यक्षमा एफसी पोतालाका टिका लामा निर्विरोध निर्वाचित भएका छन् । आज हेटौंडामा भएको अधिवेशनले लामाको अध्यक्षतामा नयाँँ कार्यसमिति निर्माण गरेको हो । संघको प्रथम उपाध्यक्षमा पिप्ले युवा क्लबका सुविन घिमिरे र द्वितिय उपाध्यक्षमा महाबिर क्लबका अजय मानन्धर चयन भएका छन् । अधिवेशनले सदस्यहरुमा युनाल मल्ल, अमृत लुङ्वा, युवराज […]
January 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी नेत्रहिन एकदिवसीय विश्वकप प्रतियोगितामा नेपालले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ । यस जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य पनि गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले ३६.२ ओभरमा अलआउट हुनअघि २ सय ९६ रन जोडेको थियो । अष्ट्रेलियाका लागि ओपनर स्टेफन नेरोले सर्वाधिक ६३ रनको योग्दान दिएका थिए […]
January 15, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफलाई फाइनलमा पराजित गर्दै आर्मीले नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको उपाधि जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीको सूचीमा पनि फाइनलका दुई टोलीका खेलाडी नै छन् । उपाधि विजेता आर्मीका कप्तान भरत खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिए । त्यस्तै उपविजेता एपिएका अन्जन बिष्ट उत्कृष्ट फरवार्ड छानिए । उनले प्रतियोगितामा ३ गोल गरेका थिए […]
January 14, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपमा आयोजक सुदूरपश्चिम ११ एपिएफसँग २-० ले पराजित भयो । सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले पहिलो गोलले सुदूरपश्चिमका खेलाडीलाई नर्भस बनाएको जनाएका छन् । ५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे । त्यहि क्रसलाई सदुपयोग गरेका अन्जनले कुल फिनिस गर्दै […]
January 13, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले नोउ क्याम्पमा कोलम्बियाको सेन्टर ब्याक येरी मिनालाई सार्वजनिक गरेको छ । २३ वर्षिय रक्षक मिनाले स्पेनिस क्लबसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् । ब्राजिलियन क्लब पाल्मरेजबाट १०.५ मिलियन पाउण्डमा बार्सिलोना भित्रिएका मिना अनावरण गर्ने क्रममा नोउ क्याम्पमा पहिलो पटक सबैलाई आश्चर्यमा पार्दै खाली खुट्टा पुगेका थिए । समर्थक माझ सार्वजिक रुपमा […]