default_image

General

October 5, 2018

ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा प्रिन्स पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल ब्याडमिन्टन एसिया यु–१५ एन्ड यु–१७ जुनियर च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । म्यानमारको मन्डलाटार थिरी स्टेडियममा आज बिहान भएको प्रि–क्वाटरफाइनलमा प्रिन्स भारतका एस शंकर मोटुस्वामी शुक्र मनियमसँग २–१ को सेटमा पराजित भएका हुन् । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट १५–२१ ले गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको प्रिन्सले दोस्रो सेट २१–१४ […]

October 3, 2018

पुलिसलाई पहिलो दिन पाँच स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रङगेष्ट भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन महिलातर्फको खेलमा ५ स्वर्ण जित्न सफल भएको छ । ललितपुरमा बुधबार भएको स्ट्रङगेष्ट महिलातर्फ नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भइन् ।   पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियरतर्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् । स्नाचमा ७१ […]

October 3, 2018

चितवन टाइग्रेसलाई आदी आबादी महिला भलिबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको नम्वर एक टोली विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी आवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ । तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश गरेको चितवनले एपिएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो । त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको […]

October 3, 2018

आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघको आयोजनामा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने भएको छ ।  राष्ट्रिय खेलकुदमा नयाँ खेल संघको रुपमा दर्ता भएको नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २३ र २३ गते दुई दिन राजधानीमा आर १६ नेपाल र नेपाल […]

October 3, 2018

हेलम्बु ट्रेल म्याराथन कार्तिक पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथन प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ । आयोजक हिमालय स्पोर्ट्स क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हेलम्बु ट्रेल म्याराथन कार्तिक  ६ गते हुने जनाकारी गराएको हो । प्रदेश नम्वर ३ को सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा हुने म्याराथनमा तीन विधामा प्रतिस्पर्धा हुनेछ । जसमा फुल म्याराथन, […]

October 1, 2018

हङकङमा मानबहादुर सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टिमका महत्वपूर्ण सदस्य मान बहादुर श्रेष्ठ हङकङमा भएको १०औं पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।     आयोजक घान्द्रुक समाज युकेबाट खेलेका उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडी चुनिएका हुन् । उनी सेमिफाइनलमा म्यान अफ दि म्याच समेत बनेका थिए । फाइनलमा घान्द्रुक समाज युके र […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगः एनआरटी रआर्मीबिचको खेलको पहिलो हाफ १–१ गोलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरटी र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा एनआरटीका रोजित पुडासैनीले १२औं मिनेटमा गोल गर्दै खेलमा शुरुवाती अग्रता बनाउन सफल भएका थिए । खेलमा आर्मीले दवाव सिर्जना गरेपनि १२औं मिनेटमा […]

September 29, 2018

यू–१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु भएको एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतबीरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । खेल अब केहि समयमा सुरु हुने छ । भारतले पहिला ब्याटिङ गर्नेछ । नेपालले अहिलेसम्म भारतलाई १ […]

September 28, 2018

सन्दिप एनसेल ‘स्टार हम्बल हिरो’

काठमाडौं (हाम्रो खेलकुद) –नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाएका युवा क्रिकेटर सन्दिप लामिछानेलाई एनसेल प्राईभेट लिमिटेडले बिहीवार आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई बर्षका लागि आबद्ध गरेको छ । एनसेलले बिहिबार आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा गरेको हो । सन्दिपले बाल मन्दिरका बालबालिकाहरुलाई सम्बोधन गर्दै, उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले सन्दिपसँग क्रिकेट […]

September 28, 2018

फ्रेन्ड्सलाई एनआईबीएल र पञ्चकन्याको साथ

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सले नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबिएल) र पञ्चकन्याको साथ पाएको छ । शनिबारबाट सुरु हुन लागेको ‘ए’ डिभिजन लिगका लागि ललितपुर कुपोन्डोलको फ्रेन्डस् क्लबले शुक्रबार एनआईबीएलसँग मुख्य प्रायोजक तथा पञ्चकन्यासँग सह–प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा क्लबका अध्यक्ष राजीव पौडेल र बैंकका महानिर्देशक विजेन्द्र सुवालले हस्ताक्षर गरे […]

Success

Thank you for your time.