default_image

General

September 13, 2018

विश्व सिनियर जुडो च्याम्पियनसिप खेल्न जुडो टोली अजरबैजान जाने

काठमाडौँ  (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । […]

September 12, 2018

५० क्याप जितेका भरतको नेपाललाई साफ च्याम्पियन बनाउने लक्ष्य

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) का लागि २० सदस्यीय नेपाली टोली यति बेला ढाकामा रहेको छ । अहिलो टोलीमा रहेका मध्ये ३ खेलाडीले यो साफ च्याम्पियनसिप अघि नै ५० क्याप जितिसकेका थिए । नेपाली टोलीका फरवार्ड भरत खवासले पनि पनि यहि साफ मार्फत ५० क्याप पुरा गरेका छन् । बंगलादेशविरुद्ध समूह […]

September 12, 2018

महिला भलिबलमा आर्मीलाई तेस्रो स्थान

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोलीले पोखराको लामाचौरमा भएको महिला राष्ट्रिय भलिबलमा तेस्रो स्थान हात पारेको छ ।   लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले विदेशी खेलाडी सम्मिलित चितवन टाइगरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले चितवनमाथि २५–१८, २५–१८ र २५ […]

September 12, 2018

अन्तिम टेस्टमा इंल्याण्ड विजयी

लन्डन (एजेन्सी) – भारतविरुद्धको अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ । इंग्ल्यान्ड अन्तिम टस्टमा १ सय १८ रनले विजयी भएको हो । ओभलमा भएको अन्तिम टेस्टको दोस्रो इनिङ्समा ४ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर ३ सय ४५ रनमात्र बनाउन सक्यो । भारतका केएल राहुल र रिषव पन्तले शतक […]

September 9, 2018

ढाकामा रहेका नेपाली समर्थकलाई एन्फाको धन्यवाद

ढाका (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ सुजुकी कपमा बंगबन्धु रंगशालामा पुगेर नेपाली टिमलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ । एन्फाले आइबार विज्ञप्ति जारी गर्दै नेपाली टिमको समर्थनमा रंगशालासम्म पुगेर समर्थन र हौसला प्रदान गर्ने सम्पुर्ण प्रशंसकप्रति धन्यवाद ज्ञापन गरेको हो । एन्फाले विशेषगरी ढाकामा रहेका नेपाली समर्थकलाई धन्यवाद […]

September 9, 2018

ओसाका युएस ओपन टेनिस च्याम्पियन

न्यु योर्क (एजेन्सी) – नाओमी ओसाका युएस ओपन टेनिसको च्याम्पियन बनेकी छन् । २०औं वरीयताकी ओसाकाले १७ वरीयताकी सेरेनामाथि २–० को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधिको रुपम युएस ओपन टेनिस जित्न सफल भएकी हुन् । न्यु योर्कस्थित अर्थर एसे टेनिस कोर्टमा शनिबार राति भएका खेलमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्समाथि ओसाकाले सनसनीपूर्ण जित निकालिन् […]

September 8, 2018

ढाकामा नेपाली खेलकुद पत्रकारलाई स्वागत

ढाका (हाम्रो खेलकुद) – बंगलादेश स्पोर्टस् प्रेस एसोसिएसन (बीएसपीए) ले साफ सुजुकी कपको समचार संकलनको लागि ढाका आइपुगेको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई शनिबार स्वागत गरेको छ । बीएसपीएले साफ सुजुकी कप भैरहेको बंगबन्धु स्टेडियममै रहेको कार्यालयमा मञ्चको टोलीलाई स्वागत गरेको हो । मञ्चको नेतृत्व नेपाल खेलकुख पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र […]

September 8, 2018

डेल पोर्टाे युएस ओपन फाइनलमा, नाडाल घाइते

न्युयोर्क (एजेन्सी) – विश्व नम्वर एक स्पेनिस राफेल नाडालले चोटका कारण खेल त्यागेपछि अर्जेन्टिनी टेनिस खेलाडी हुवान मार्टिन डेल पोर्टाे युएस ओपनको फाइनलमा पुगेका छन् । अर्थ एसे स्टेडियममा शुक्रबार राति भएको सेमिफाइनल खेलको दोस्रो सेट चलिरहँदा नाडालले घुडामा चोट बेहोर्दै खेल्न नसक्ने भएपछि डेल पोर्टाेले उपाधिका लागि नोभाक जोकोभिचसँगको भेट पक्का गरेका हुन् । […]

September 8, 2018

व्यक्तिगत कारण देखाउदै सानेले टिम होटल छाडे

म्युनिख (एजेन्सी) – व्यक्तिगत कारण देखाउदै जर्मनीका मिडफिल्डर लिरोए सानेले पेरुविरुद्धको मैत्रीपूर्ण खेल अघि टिम होटेल छाडेका छन् । उनले शुक्रबार व्यक्तिगत कारण देखाउदै टिमसँगै रहेको होटल छाडेको जर्मन फुटबल एसोसिएनसले जनाएको छ । होटल छाड्ने बेलामा सानेले प्रशिक्षक जोचिम लोउसँग सल्लाह लिएको एसोसिएसनले जनाएको छ । सानेले युइएफए नेसन्स लिगमा फ्रान्सविरुद्धको खेलपछिको २४ घन्टा […]

September 6, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध भुटान [लाइभ अपडेट]

नेपाल ४-० भुटान  नेपालको सुरुआती ११ : किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, बिशाल राई र अन्जन विष्ट ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना हेलो नमस्ते भर्खरै वामअप सकिएको छ । आज नेपाली टिममा तीन खेलाडी परिवर्तन गरिएको छ । नेपाली टिमको कप्तानी गोलरक्षक […]

Success

Thank you for your time.