default_image

General

November 15, 2018

बंगलादेश र जिम्वाब्बेबीचको टेस्ट श्रृंखला बराबरी

एजेन्सी – बंगलादेश र जिम्वाब्बेबीचको दुई टेस्ट क्रिकेट श्रृंखला बराबरीमा सकिएको छ । दोस्रो टेस्ट खेलमा बंगलादेश २ सय १८ रनले विजयी भएसँगै श्रृखला १-१ को बराबरीमा टुङ्गिएको हो । पहिलो टेस्ट खेलमा जिम्बाब्बेले १ सय ५१ रनले विजयी भएको थियो । ४ सय ४३ रनको लक्ष्य पक्ष्याएको जिम्बाब्बेले पाँचौ दिन २ सय २४ रनमा […]

November 14, 2018

सातो कप खेल्न पर्शुराम क्यानाडातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडा प्रस्थान गरेका छन् । ३५ राष्ट्रको सहभागितामा प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । भेन्कुभरमा हुने प्रतियोगितामा पर्शुरामले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षमा मुकेश बरुवाल रहेका छन् । बरुवाल […]

November 13, 2018

खनाललाई साग सचिवालय प्रमुखको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका वरिष्ठ अधिकृत कमल खनाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको सचिवालय प्रमुखको जिम्मेवारी दिएको छ । कुशल प्रशासकका रुपमा चिनिएका खनालसँग राखेपका महत्वपूर्ण विभाग प्रशासन विभाग तथा खेलकुद विकास विभागको प्रमुख भइ काम गरेको अनुभव छ । साथै खनालले सुदूरपश्चिमाञ्चलमा भएको […]

November 11, 2018

ओलम्पिक छनोट : म्यानमार र नेपालको बराबरी, छनोटको आशा कायमै

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्रको महिला फुटबलको छनोट चरणको प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले समूहको दोस्रो खेलमा आयोजक म्यानमारसँग १-१ को बराबरी खेलेको छ । यस नतिजासँगै नेपाल अंक तालिकामा तेस्रो भएपनि छनोटको सम्भावना जीवित रहेको छ । फिफा वरियतामा नेपालभन्दा ६४ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले खेलको सुरुवाती […]

November 6, 2018

च्याम्पियन्स लिगः इन्टर मिलानले बार्सिलोनाको सामना गदैं

मिलान (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब इन्टर मिलानले स्पेनिस प्रतिद्धन्द्धी बार्सिलोनालाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तरगत समूह ‘बी’ को चौथो चरणको खेलमा इन्टरले बार्सिलोनासँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको बार्सिलोना इन्टरलाई उसकै घरेलु मैदानमा पराजित […]

November 4, 2018

लमजुङमा पालिकास्तरीय भलिबल मंसिर दोस्रो साता

लमजुङ (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ लमजुङको आयोजनामा लमजुङमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक जिल्ला भलिबल संघ लमजुङले आइतबार बेसीसहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पहिलो संस्करण यही मंसिर १४ गतेबाट १६ गतेसम्म बेसीसहर नगरपालिकास्थित फुलबारीमा हुने जानकारी गराएको हो । लमजुङमा समान ४/४ नगरपालिका र गाउपालिका रहेका छन् । […]

November 4, 2018

सनिल र सुमनको जोडी च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी १०औं यल कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन बनेको छ । सनिल र सुमनको जोडीले आफ्नै क्लबका साविकको विजेता ससिन डंगोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । दथुलंका राजु बज्राचार्य र […]

November 3, 2018

नमस्ते पीपीएल : चितवनलाई १ सय ४६ रनको विजयी लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई जितका लागि १ सय ४६  रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो । राम्रो सुरुवात गरेको […]

November 2, 2018

नमस्ते पीपीएल : बुटवललाई हराउँदै काठमाडौं प्लेअफ नजिक

पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रनमात्र जोड्न सक्यो । यस जितसँगै काठमाडौं अंक […]

November 1, 2018

मार्सल आर्ट्स टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बाली प्रस्थान गरेको छ । नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् । टोलीलाई […]

Success

Thank you for your time.