default_image

General

November 22, 2018

अन्तर्राष्ट्रिय डब्लुकेआइ कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा १६औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा आयोजक नेपाल सहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए । श्रीलङकामा १५औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता […]

November 21, 2018

रोजवड उपत्यकाव्यापी बास्केटबल शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रोजवड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । आयोजक रोजबड स्कुलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराएको छ । प्रतियोगिता मंसिर ८ गतेदेखि १७ गतेसम्म आयोजक रोजवड स्कुलकै प्राङ्गणमा आयोजना […]

November 19, 2018

गोलरहित पहिलो हाफमा म्याक्सवेललाई रातो कार्ड

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा सीएमजी क्लब संकटा र जावलाखेल युवा क्लब खेल्दैछन् । पहिलो हाफमा खेल ०-० को बराबरीमा छ । खेलको १९ अौं मिनेटमा संकटा १० खेलाडीमा सिमित भएको थियो । पहिलो पहेंलो कार्ड पाएको एक मिनेट नबित्दै एलोन म्याक्सवेलले दोस्रो पहेंलो कार्ड पाएपछि संकटाले […]

November 18, 2018

मन्डेकाजी र चन्चलालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठ र चञ्चल दनुवारले बागलुङमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप च्याम्पियनसिपम स्वर्ण जितेका छन् । श्रेष्ठले प्रतियोगिता अन्तरगत ब्यक्तिगत कातामा प्रदेश नं. ५ का दीप राज थापालाई पन्छाउँदै स्वर्ण हात पारेका हुन् । एपिएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामाले तेस्रो स्थान […]

November 18, 2018

ब्याडमिन्टन अम्पायर उदय अर्याल भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्रि तथा अन्तराष्ट्रिय अम्पायर श्री उदय अर्याल भारत प्रस्थान गरेका छन् । भारतिय ब्याडमिन्टन संघको आयोजनामा भारतको लखनउमा हुने एचएसबिसी बिडब्लुएफ वल्र्ड टुर सुपर ३०० सैयद मोदी अन्तराष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मा निर्णायकको भूमिका निर्वाह गर्न अर्याल त्य तर्फ प्रस्थान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणबाट ब्याडमिन्टन प्रतियोगितामा […]

November 18, 2018

क्यानडामा पर्शुरामलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी पर्शुराम बाँस्तोलाले १९औं सातो कप आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल भएका छन् । क्यानाडाको भेन्कुभर भएको च्याम्पियनसिपमा पर्शुरामले इन्डिभिजुअल सिनियर कातातर्फ क्यानडाका खेलाडीलाई ३–२ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले यसअघि पहिलो चरणमा भारतीय खेलाडीमाथि ५–० र अमेरिकी खेलाडीमाथि ४–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो […]

November 17, 2018

‘तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य’- राखेप उपाध्यक्ष तिम्सिना

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउन सफल तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य भएको बताएका छन् । नेपाल तेक्वान्दो संघले आफु र राखेप सदस्य इन्दिरा निरौलाको स्वागत र शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा तिम्सिनाले भने, खेल र खेलाडीको अहित हुने कुनै पनि काम गर्ने […]

November 17, 2018

सीएमजी भेट्रान फुटबल टोली सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिएमजी भेट्रान क्लबले भारतको गुवाहटीमा भैरहेको अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कक्रझार गुहावटी आसामलाई १–० ले पराजित गर्दै सएमजी भेट्रान क्लब अन्तिम चारमा पुग्न सफल भएको हो । नेपालको जितमा बालगोपाल महर्जनले निर्णायक गोल गरे । नेपालले अब आइतबार सेमिफाइनल तथा फाइनल […]

November 17, 2018

हङकङ अल्ट्रा दौडमा नेपालको दुवै टोली दोस्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीले पहिलो सहभागितामै अक्सफाम ट्रेलवाकरमामा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । अल्ट्रा दौडमा चर्चा कमाएकी मिरा राईको पहलमा भाग लिएको नेपाली टोलीले शुक्रबार १ सय किलोमिटर ट्रेलवाकरमा दोस्रो स्थान प्राप्त गरेको हो । यसअघि पहिलो स्थान हात पार्दै आएको पुरुष टोली पनि यसपटक दोस्रो स्थानमा चित्त बुझाउन बाध्य […]

November 16, 2018

सनी लगातार तेस्रोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन […]

Success

Thank you for your time.