default_image

General

December 15, 2018

आयोजक सेन्ट जेभियर्स गोदावरीलाई फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स गोदावरीले फादर मोरन स्मृति फुटबल प्रंतियोगिताको उपाधि जितेको छ । लिटिल एन्जल्स स्कुल हात्तिबनलाई शनिबार टाइब्रेकरमा ४–३ ले हराउँदै आयोजक टोली च्याम्पियन बनेको हो । सेन्ट जेभियर्सको मैदानमा भएको खेलको निर्धारित ६० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा आयोजक टोलीले बाजी मारेको हो । सेन्ट जेभियर्सका गोलकिपर शुभम सिलवाल फाइनल […]

Salah Liverpool

December 11, 2018

च्याम्पियन्स लिग : नेपोलीविरुद्ध लिभरपुल ‘गर या मर’ को अवस्थामा

एनफिल्ड (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुदैछ । आठ खेलमध्ये सबैभन्दा रोमाञ्चक खेल समूह ‘सी’ को हुनेछ । समूह ‘सी’ बाट सर्वियन क्लब रेडस्टार बेलग्रेड समूह चरणबाट बाहिरिसक्दा इटालियन क्लब नेपोली, फ्रेन्च क्लब पीएसजी र इंग्लिस क्लब लिभरपुल नकआउट चरण नजिक छ । नेपोलीको ५ खेलबाट ९ अंक छ । […]

December 10, 2018

चितवनद्धारा काठमाडौंसामु १ सय ६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो दिन पहिलो खेलमा चितवन टाइसर्गले काठमाडौं किंग्स इलाभेनलाई १ सय ६१ रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित १९.५ ओभरमा अल आउट हुदैँ १ सय ६० रन बनायो । पहिलो विकेटको लागि ओपनर पल […]

December 7, 2018

विद्या संस्कारको फराकिलो जित

ललितपुर (हाम्रो खेलकुद) – विद्या संस्कार स्कुलले ललितपुर गोदावरीमा जारी २३औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । गोदावरीस्थित सेन्ट जेभियर स्कुलको मैदानमा शुक्रबार भएको खेलमा विद्या संस्कारले ब्राइट फ्युचरमाथि ६–१ को फराकिलो जित निकालेको हो । विद्या संस्कारको फराकिलो जितमा इरोज अधिकारीले २ तथा रविन यादव र आदित्य […]

December 7, 2018

गणेशमान स्मृति किक बक्सिङ पुस पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता गोदावारी नगरपालिकास्थित प्याङगाँउ चौरमा हुनेछ । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, […]

December 4, 2018

रत्नजित र दिपेश दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ र दिपेश धामी राजधानीमा आजबाट शुरु भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा मंगलबार नेपाली शीर्ष वरीयताका रत्नजित तामाङले भारतका धुरव कुमारलाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । […]

November 28, 2018

सेन्चुरी र सनराइज क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सेन्चुरी बैंक र सनराइज बैंक राजधानीमा जारी पाँचौ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको प्रि–क्वाटरफाइनलमा सेन्चुरीले अन्नपूर्ण मिडिया नेटवर्कलाई ५ विकेटले पराजित गर्दै अन्तिमा आठमा स्थान बनाएको हो । सनराइज बैंकले नविल बैंकमाथि ६ विकेटको जित निकाल्दै क्वाटरफाइनलमा पुग्न […]

November 28, 2018

फाल्गुनन्द गोल्डकपको दशौं संस्करण पुषमा हुने

दिपक बोहोरा पाँचथर – खेलकुदको माध्यमबाट आन्तरीक तथा बाह्रय पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हँदै आएको फाल्गुनन्द गोल्डकपको दशैं संस्करण पुस २१ गतेबाट ३० गते सम्म फिदिममा आयोजना हुने भएको छ । बुधबार फिदिममा पत्रकार सम्मेलन गरेर आयोजकले यसबारे जानकारी दिएका छन् । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको सम्झनामा […]

November 25, 2018

प्रथम नोभिष राष्ट्रिय बक्सिङमा नक्साल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नक्साल बक्सिङ क्लबले प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले ४ स्वर्ण ६ रजत जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । २ स्वर्ण जितेको काठमाडौं बक्सिङ क्लब दोस्रो भए । प्रतियोगितामा यु–१९ महिलातर्फ नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिनल उत्कृष्ट खेलाडीको उपाधि जितेका […]

November 25, 2018

जाकार्तामा पर्शुरामलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – जाकार्तामा जारी एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगिताको सिनियर एकल कातामा नेपालका पर्शुराम बास्तोलाले कास्य पदक प्राप्त गरेका छन् । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पर्शुराम बास्तोलाले कास्यपदकका लागि भएको खेलमा चाइनिज ताइपेइका खेलाडीलाई ४–१ ले पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । उनले यसअघि आयोजक इन्डोनेसियालाई ३–२ र श्रीलंकालाई […]

Success

Thank you for your time.