default_image

General

June 12, 2023

फुटबलले यसरि सम्झियो स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाका पूर्व कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको आठौं वार्षिक पुण्य तिथिको दिन एन्फा परिसर सातदोबाटोमा श्रद्धाञ्जली सभा आयोजना गर्यो । एन्फाको कार्यवाहक अध्यक्ष पदमा रहँदा श्रेष्ठको २०७२ साल जेठ २९ गते देहान्त भएको थियो । आफ्नो निवासमा करेन्ट लागेर मृत्यु भएका श्रेष्ठको एन्फा मुख्यालय अगाडी […]

June 12, 2023

जोकोभिचले जिते कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि

एजेन्सी – सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि जितेका छन् । आइतबार राति फ्रेन्च ओपनको उपाधि जित्दै जोकोभिचले कीर्तिमानी २३औं ग्रान्डस्लाम उपाधि जित्न सफल भएका हुन् । जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराएर तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमान बनाएका हुन् । जोकोभिचले रुडमाथि ७–६ (७–१), ६–३ र […]

June 11, 2023

पुनमलाई एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – साग स्वर्णधारी पुनम श्रेष्ठले बिसकेक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् । किर्गिस्तानको बिस्केकमा भएको महिला ७० केजीमुनिको प्रतिस्पर्धामा पुनमले रिपाचेमा किर्गिस्तानकी गुल्नुरलाई पराजित गरी कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा पुरुष ६६ केजीमुनि सहभागी इन्द्रबहादुर श्रेष्ठ दोश्रो चरणमा किर्गिस्तानसंग पराजित भए […]

June 11, 2023

माल्दिभ्स जाने बास्केटबल टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप सहभागी हुने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । खेलाडीहरुमा सदिश प्रधान (कप्तान), विनोद महर्जन (उप कप्तान), विजय बुर्जा, निकेश राखल मगर, […]

June 11, 2023

जिवस र जीवाश्रीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा जिवसले भिरल अग्रवाललाई १०–९, १–१० र १०–८ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा जीवाश्रीले निम्ति कुँवरलाई १०–८, ८–१० र १०–८ ले हराइन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा […]

June 11, 2023

लालीगुराँस क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले प्रारम्भ वल्र्डलाई २७–२० ले पराजित ग¥यो । एलएनएका साहिल पुनले १२ स्कोर गरे । एन्जल्स हार्टले नर्थ भ्यालीलाई २०–१४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । एन्जल्स हार्टका […]

June 11, 2023

एसियाडका लागि ४ टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि लन टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष र महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् । पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः […]

June 11, 2023

प्रिन्स र रशिलासँगै सुनिल र जेशिका एशियन गेम्सलाई छनोट

काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल र रशिला महर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९औंएशियन गेम्सका लागि छनोट भएका छन् । नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसँगै सुनिल जोशी र जेशिका गुरुङ पनि छनोट भएका छन् । वैकल्पिक खेलाडीमा […]

June 10, 2023

आर्यन र अभिनवको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता सुरु भएको छ । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सुरु भएको हो । पहिलो दिन पुरुष एकलमा आर्यन गिरिले बिष्णु नेपालीलाई ६–० र ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । अभिनव आचार्यले अर्याश गुरुङलाई ६–० […]

June 10, 2023

दिनेशलाई प्रो एमको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ। गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेशसहित एमेच्योर खेलाडीहरू समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो। दिनेश र समिरले […]

Success

Thank you for your time.