January 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ‘बी’ डिभिजन क्लब बाँसबारी युवा क्लबले मुख्य प्रायोजकको रुपमा स्पार्क हेल्थ होम अस्पताललको साथ पाएको छ । ‘बी’ डिभिजन लिग खेल्ने तयारीमा रहेको बाँसबारीले मंगलबार स्पार्क हेल्थ होम अस्पतालसँग् एक वर्षको लागि मुख्य प्रायोजनमा सम्झौता हस्ताक्षर गरेको हो । सम्झौतामा बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीले […]
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको गणेशमान स्मृति बक्सिङ प्रतियोगितालाई विभिन्न पाँच कर्पोरेट हाउसले प्रायोजन गरेका छन् । आयोजक गणेशमान सिंह फाउन्डेसनले आइतबार विभिन्न पाँच कर्पाेरेट हाउस जगदम्बा मोटर्स, लियोन मोटर्स, लवेल्स (रिवोक), व्रिज सिमेन्ट र लक्ष्मी बैंकसँग प्रायोजन सम्झौता हस्ताक्ष गरेको हो । सम्झौतामा टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका मार्केटिङ हेड विक्रम शर्मा पौडेल […]
January 27, 2019
दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्धको दोस्रो ओडीआई खेलमा ५ विकेट लिए । उनको शानदार बलिङ प्रदर्शनसँगै नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भयो। यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । उक्त खेलमा सोमपालको सबै ५ विकेटको भिडियो हेर्नुहोस।
January 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको खेलमा आर्मीले चितवन टाईगर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा आमीले […]
January 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट एनभीए अवार्ड वर्ष २०७५ का उत्कृष्ट महिला तथा पुरुष खेलाडी घोषित भएका छन् । नेपाल भलिबल संघ (एनभीए) ले वर्षेनी प्रदान गर्दै आएको अवार्डसँगै दुवै खेलाडीले जनही २५-२५ हजार रुपैया प्राप्त गरे । उदयीमान खेलाडीतर्फ महिलामा आर्मीको निरुता ठगुन्ना र […]
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तरगत बिहीबार भएको खेलमा एपीएफले आयोजक ढोरपाटन युवा क्लब र चितवन टाइगर्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित […]
January 19, 2019
पोखरा(हाम्रो खेलकुद)- घरेलु महिला भलिबलमा सर्वाधिक सफल टोली विभागीय नेपाल एपएिफ क्लबले सिजनको सातौ उपाधिको रुपमा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिजनको सातौ उपाधि जित्न सफल भएको हो […]
January 14, 2019
दिपक बोहोरापाँचथर– झापा ११ फुटबल क्लबले दसौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाले ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो । पहिलो र दोस्रो हाफमा पुजन उपरकोटीले गोल गरेपछि झापाको जित निश्चित भएको थियो । १–१ को बराबरी रहेको खेलको ७ मिनेट बाँकी […]
January 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुवई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । प्रिन्स यु–१९ र यु–१५ दुवै तर्फ च्याम्पियन बनेका हुन् । उनले फाइलनमा यु–१९ का शीर्ष वरीयताका प्रफुल महर्जनलाई २१–८ र २१–१० ले पराजित गर्दै च्याम्पियन बने । यु–१५ मा उनले म्यानमारका ज लिन […]
January 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा राधादेवी राजवंशीको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । मञ्चले विज्ञप्ती जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तत्प परिवारप्रति समवेदना व्यक्त गरेको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित राधादेवीको तीन महिनादेखि […]