default_image

General

February 6, 2019

विश्व पारा तेक्वान्दोमा बिक्रमलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका बिक्रम श्रेष्ठले कास्यपदक जितेका छन् । टर्कीको एन्टाल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले (पी–३२) पुम्सेको एकल स्पर्धामा कास्यपदक जित्न सफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए । मोरक्कोका विलाल एक खतावीलाई ६.५ अंकले हराउदै सेमिफाइलमा पुगेको बिक्रम सेमिफाइनलमा रसियाका एन्ड्रेइ ग्राबोस्कीलाई ७.२० अंकको आधारमा पराजित भएपछि […]

February 5, 2019

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंह फाउन्डेसनको आयोजनामा आजदेखि चार दिनसम्म बसन्तपुर डबलीमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ च्याम्पियनसिप आयोजना हुदैछ । आयोजकले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसेकेको जानकारी गराएको छ । प्रतियोगिता आजबाट माघ २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन फाउन्डसेनका अध्यक्ष प्रकाशमान सिंहले गर्ने कार्यक्रम छ । गणेशमान सिंहका नाममा […]

February 4, 2019

नेपालले फुटसल विश्व च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिप खेल्ने भएको छ । नेपाल फुटसल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली टोलीले अर्जेन्टिनामा आउदो मार्च ३१ बाट अगस्ट ७ सम्म हुने विश्व च्याम्पियनसिपमा सहभागिता जानउने जानकारी गराएको हो । १२औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाले एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट हुन […]

February 2, 2019

क्यान्सरविरुद्ध बृहस्पतिको रोड रेस

काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार रोड रेस र वाकाथन आयोजना गरेको छ । पाँच किलोमिटर दूरीको रेसमा कक्षा ५ देखि १२ कक्षासम्मका विद्यार्थीबीच आन्तरिक प्रतिस्पर्धा भएको थियो । खुला वाकाथनमा करिब ५ सयले सहभागिता जनाएको आयोजकले जनाएको छ । कक्षा ५ को ब्वाइजमा सुनिल ओली र गल्र्समा जेनी, कक्षा […]

February 1, 2019

तेक्वान्दोकी आयशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी आयशा शाक्य शनिबार सम्मानित भएकी छन् ।घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२औं वार्षिक खेलकुद दिवसको अवसरमा आयशालाई नगदसहित सम्मान गरेको हो । हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयशालाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरेका हुन् । आयशा ११औं दक्षिण एसियाली खेलकुद (साग) की […]

February 1, 2019

पोखरामा अन्तर्राष्ट्रिय टेनिस महाकुम्भ भोलिदेखि, २७ राष्ट्रका २ सय बढि खेलाडी पोखरामा

पोखरा (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा शनिबारदेखि यु–१८ आइटीएफ टेनिस प्रतियोगिता शुरु हुदैछ । प्रतियोगितामा सहभागिता जनाउन भाग लिन हालसम्म पोखरामा जापान, चीन, भारत, अष्टे«लिया, ताइवान, श्रीलंका लगायतका राष्ट्रहरुबाट झण्डै सयको हाराहारीमा खेलाडीहरु पोखरा आइपुगेका छन् । प्रतियोगिताको मुख्य ३२ ‘ड्र’ को खेल सोमबारदेखि शुरु हुँदैछ […]

February 1, 2019

पारा तेक्वान्दो टोली शनिबार टर्की जाने

काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको पी–३० क्याटगोरीतर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कांस्य विजेता हुन् । टिम […]

January 31, 2019

हक्कीका चार खेलाडी प्रशिक्षणका लागि पाकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय हक्की टिमका चार सदस्य प्रशिक्षणका लागि पाकिस्तान जाने भएका छन् । नेपाल हक्की संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार खेलाडी पाकिस्तानी हिरोज क्लबमा अनुबन्ध भएको जानकारी गराएको छ । चार खेलाडीमा रोमन राना, सागर आचार्य, राजेन्द्र कार्की र मनोज चौधरी रहेका छन् । उनीहरुले पाकिस्तानी क्लबमा प्रशिक्षणका […]

January 30, 2019

अपराजित एपीएफको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहेको डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको दोस्रो राउन्डमा बुधबार दोहोरो जित निकालेको छ । एपीएफले चितवन टाइगर्स र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो जित निकालेको हो । दोहोरो जितसँगै […]

January 29, 2019

नविता र स्यान्टुृ स्ट्यागको ब्रान्ड एम्वासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर वान नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ टेवल टेनिस खेलको सामग्री उत्पादन गर्ने भारतको चर्चित कम्पनी स्ट्याग इन्टरनेसनलको ब्रान्ड एम्वासडर बनेको छ । स्ट्यागले नेपालमा पहिलोपटक दुई खेलाडीलाई २ वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । दुई वर्षे सम्झौतापत्रमा दुवै खेलाडीले हस्ताक्षर गरिसकेको नेपाल टेबल टेनिस संघले मंगलबार पत्रककार […]

Success

Thank you for your time.