February 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक वृहस्पति विद्या सदन (बिभिएस) र जेभियर स्कुलले बिभिएस अन्तरकलेज बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नक्सालस्थित आयोजककै कोर्टमा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फको खेलमा बृहस्पतिले क्याम्पियन कलेजमाथि ३१–३० को साँघुरो जित निकाल्दै विजयी शुरुवात गरेको हो । बृहस्पतिको साँघुरो जितमा सुचित कार्कीले १४ अंक जोडे । अर्काे खेलमा जेभियरले […]
February 21, 2019
धादिङ (हाम्राे खेलकुद) – नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ । ¥याफ्टिङ्ग च्याम्पियनसिप अन्तरगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टिमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित […]
February 19, 2019
पोखरा(हाम्रो खेलकुद)- सहारा क्लब पोखराले १७औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको छ । आयोजक सहारा क्लब पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भएपनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको […]
February 19, 2019
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका हरि कुमार रिमालले सफल पोखरा म्याराथनको जित्न सफल भएको छ । आर्मीका हरिले एपीएफका खिम बहादुर खत्रीलाई १० सेकेण्डले पछि पार्दै उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालामा मंगलबार भएको म्याराथनमा हरिले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गरे । दोस्रो […]
February 18, 2019
धनगढी- सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को प्ले अफमा पुगेको छ । सोमवार विराटनगर किंग्सलाई १० रनले हराउँदै एक खेल अगावै अत्तरिया प्ले अफमा प्रवेश गरेको हो । यो हारसँगै विराटनगर समुह चरणबाट बाहिँरीदा महेन्द्रनगर युनाइटेड नेट रन रेटका आधारमा प्ले अफमा प्रवेश गरेको छ । महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक […]
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले यसै वर्ष एसईई दिएका खेलाडीहरुलाई लक्षित गर्दै ट्यालेन्टहन्टबाट खेलाडी छनोट गरी ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट आयोजना गर्ने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता बैशाख अन्तिम साता काठमाडौंम हुने जानकारी गराएको हो । प्रतियोतिाको लागि सोमबारै ब्रमास्मी […]
February 17, 2019
पोखरा (हाम्रो खेलकुद) – ठमेल युनाइटेडले भेट्रान्स बास्केटबल प्रतियोगितामा ह्याट्रिक उपाधि जित्न सफल भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित ‘तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगितामा आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । ठमेल युनाइटेड यसअघिका दुवै संस्करणमा […]
February 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ओपन रोड रेसमा विगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढा च्याम्पियन बनेका छन् । प्यारागन स्कुलले हरेक वर्ष आयोजना गर्ने ओपन रोड रेसको गजेन्द्र पुरुषतर्फ र विश्वरुपा महिलातर्फ च्याम्पियन बनेको हो । च्याम्पियन बन्ने क्रममा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा […]
February 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा हुने ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको चौथो संस्करण फागुन तेस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक सेनाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको चौथो संस्करण फागुन १८ गते शिवरात्रीको दिन हुने सैनिक शारीरिक तथा खेलकुद केन्द्र लगानखेलका केन्द्रपति शशि किरण रायमाझीले जानकारी गराए । चौथो संस्करणमा म्याराथनमा […]
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा आज सुरु भएको हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपमा म्यानमारविरुद्ध को खेलमा नेपाल १–० ले पछि परेको छ। फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको नेपालले यो प्रतियोगितालाई अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्प्यिनसिपको तयारीमा लिएको छ । नेपालको महिला टोलीको फिफा वरियता १ सय आठौं स्थानमा छ । म्यानमार […]