March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लनटेनिस खेलाडी प्रणव खनाल शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, थापाथलीको शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ । पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि ५ […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सुमन तामाङ र निस्मा श्रेष्ठ नवौं राष्ट्रिय एमटिबी डाउनहिल च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् । गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्तिपार्कमा शुक्रबार नेपाल साइक्लिङ संघद्वारा आयोजित डाउनहिल च्याम्पियनसिपको पुरुषतपर्फ सुमन र महिलातर्फ निस्मा च्याम्पियन भएका हुन् । १ किलोमिटर डाउनहिलको दूरी सुमनले १ मिनेट २० सेकेन्डमा पूरा गर्दै पहिलो भए । सोही […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) काठमाडौंका प्रवीण शाक्य र तनहुँका सुजन ज्वारचनले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शुक्रबार सफलता हात पारेका छन् । प्रवीणले काठमाडौंका सागर चित्रकार तथा सुजनले काठमाडौंकै विजय महर्जनलाई समान ३–० को फ्रेममा पराजित गरे । त्यसैगरी, कास्कीका नवीन राणाले काठमाडौंका तेन्जिङ शेर्पालाई ३–२, काठमाडौंका विनयसिंह ठकुरीले काठमाडौंका सुमेश लामालाई ३–१, ललितपुरका सुरेश डंगोलले […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) निलकण्ठ माविले तेश्रो विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा शुक्रबार भएको फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित गर्दै उपाधि जितेको हो । विजेता र उपविजेता दुवै धादिङका विद्यालय हुन् । उपाधिसंगै नीलकण्ठले २० हजार तथा अमरावतीले १५ हजार नगद पुरस्कार पाए । नेपाल […]
March 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हरेक वर्ष आयोजना हुने हुन्डाई ओपन गल्फ प्रतियोगिता यसै साता हुने भएको छ । हुन्डाई गाडीको नेपालको एकमात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुहुने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार हुने भएको हो । १८ होलमा स्टेबल फोल्ड फम्र्याट र ३÷४ ह्याण्डीक्यापको आधारमा खेलाइने गोकर्ण गल्फ क्लबका सिनियर डाइरेक्टर […]
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अठाइसौं एसियन अल्पाइन चिल्ड्रन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ । मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रन्जित तथा महिलामा लक्ष्मी राई र पलिसा वज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रवीण कर्माचार्यले टिम […]
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् । नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय […]
March 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ५ मा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते गर्ने गरि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तयारी थालेको छ । राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरि राखेपबोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ । कार्यकारी समितिको सिफारिसलाई अनुमोदन […]
March 10, 2019
लमजुङ (हाम्रो खेलकुद) – ‘राइनासकोट पर्यटन कप’ फुटबल प्रतियोगिताको उपाधि वडा नम्वर ६ धमिलीकुवा स्याउलीले जितेको छ । राइनासकोट ग्रामीण पर्यटन तथा होमस्टे व्यवस्थापन समितिको आयोजनामा गण्डकी प्रदेशको पर्यटकीय नगरी लमजुङस्थित राइनास नगरपालिकाको वडा नम्वर ९ मा आइतबार भएको फाइनल खेलमा धमिलीकुवाले वडा नम्वर १० कोकेगाँउलाई सडनडेथमा ६–५ ले पराजित गर्दै च्याम्पियन बनेको हो । […]
March 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब काठमाडौं खेल मन्डल न्युरोड टिम (एनआरटी) मा सुन्दर नरसिंह जोशीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । एनआरटीको शनिबार भएको चुनावी साधरणसभाले सुन्दर नरसिंह जोशीको अध्यक्षतामा २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा योगम्वर सुवाल, द्धितीय उपाध्यक्षमा नवीन सुवाल […]