March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको आयोजनामा सोमबारदेखि प्रथम ह्वाइट हाउस इन्टर कलेज (अण्डर १८) बास्केटबल प्रतियोगिता हुने भएको छ । कुल ८ टिमको सहभागिता रहेको लिग कम नकआउट प्रतियोगितामा राजधानीका ८ कलेजहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ९ कक्षा देखि प्लस टुसम्म अध्ययनरत १८ बर्ष भन्दा मुनिका खेलाडीहरुको मात्र सहभागिता रहनेछ । […]
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा […]
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युथ एथलेटर अजित कुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण जितेका छन् । हङकङमा आइतबार बिहान भएको स्पर्धामा अजितले निर्धारित ३ किलोमिटर दुरी ८ मिनेट ३० दशमलव ३२ सेकेण्डमा पार गर्दै स्वर्ण जित्न सफल भएको हो । उनले भारतका अमित जंगिरले ६ सेकेण्डले पछि पारे । […]
March 17, 2019
काठमाडौं (हाम्रो खेलुकद) – ब्याडमिन्टन एशियाका अम्पायर उदय कुमार अर्याललाई बिश्व ब्याडमिन्टन महासंघले अन्तराष्ट्रिय लाईन जजको मान्यता प्रदान गरेको छ । अर्याललाई जनवरी १, २०१९ देखि लागु हुने गरि अन्तराष्ट्रिय लाईन जजको प्रमाण पत्र प्रदान गरेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ । सन् २००० मा जापनको क्योटो बाट ब्याडमिन्टन एशियाको अन्तराष्ट्रिय अम्पायरको मान्यता पाएका नेपाल […]
March 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपीएफका किरण बोगटी र पुष्पा भण्डारी तेस्रो संस्करणको झिल्टुङ क्रस कन्ट्री रेस च्याम्पियनसिपमा नयाँ कीर्तिमानसहित च्याम्पियन बनेका छन् । नुवाकोटस्थित बेलकोटगढी वडा नम्वर ५ को आयोजनामा शनिबार भएको च्याम्पियनसिपमा किरणले आर्मीका होमलाल श्रेष्ठको तथा पुष्पाले सन्तोषी श्रेष्ठले राखेको कीर्तिमानलाई तोड्दै च्याम्पियन बनेका हुन् । करण च्याम्पियन बन्नेक्रममा एपीएफका […]
March 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १७औं राष्ट्रिय एमटिबी क्रस कन्ट्रि च्याम्पियनसिपमा राजिब राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन् । नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार भएको क्रस कन्ट्री राजिब पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भएका हुन् । कुल २० किलोमिटरको ५ ल्यापमा राजिव एक घन्टा […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – होली पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वरमा दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिता यही बुधबारदेखि हुने भएको छ । आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजना तथा कल्याण माध्यमिक विद्यालय दुप्चेश्वरको सहयोगमा दोस्रो संस्करणको प्रतियोगिता यही चैत ६ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगिता संयोजक विक्रम थापाले जानकारी गराए । […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता आगमी चैत्र १० गतेदेखी १५ गते सम्म हुने भएको छ । आयोजक सशस्त्र प्रहरी बल (एपीएफ) ले राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल एपिएफ क्लबले प्रतियोगिताबारे सम्पूर्ण जानकारी गराएको छ । ६ टिम सहभागि रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयासहित […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा शुक्रबारदेखि सुरु नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका डिगम्बरप्रसाद पन्त पदक पक्का गरेका गरेका छन् । पुरुष ८४ केजीमाथि डिगम्बरले भेनेजुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि कम्तीमा पनि रजत पदक पक्का भएको प्रशिक्षक कुशल श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । फाइनलमा उनले […]
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा हुने तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडी अजितकुमार यादवले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबारदेखि सुरु प्रतियोगितामा अजितले ३ किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उनको स्पर्धा भने मार्च १७ तारिखमा हुनेछ । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको छ । प्रशिक्षकको भूमिकामा धनीराम […]