default_image

General

June 13, 2023

कपन भेट्रानको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले चावहिल भेट्रानलाई २–१ गोलले पराजित ग¥यो । कपनका लागि दुवै गोल पासाङ शेर्पाले गरे । चावहिलका रन्जित लामाले १ गोल फर्काए । चावहिल स्पोट्स क्लब र चारुमति […]

June 13, 2023

एलएनए दोहोरो उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो उपाधिनजिक पुगेको छ । एलएनए जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैको फाइनलमा पुग्यो । तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज सेमिफाइनलमा एलएनएले हिमरश्मीलाई २०–१३ ले पराजित ग¥यो । एलएनएको जितमा साहिल पुनले १४ अंक योगदान गरे । […]

June 13, 2023

सुनिरा र अभिलाषा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सुनिराले रायना शाहलाई ६–३ र ६–२ तथा अभिलाषाले प्रशंसा मोक्तानलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रकृति श्रेष्ठ र शुभाङ्गी लक्ष्मी शाह पनि सेमिफाइनलमा पुगे । […]

June 13, 2023

नविता, शिखा, संयोग र रुविन एसियाडलाई छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट पूरा भएको छ । समान २–२ पुरुष र महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले […]

June 12, 2023

भेट्रान फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता चन्द्रविनायक पार्क, चावहिल मैदानमा मंगलबारदेखि सुरु हुँदैछ । चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ६ सहित २१ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष […]

June 12, 2023

मनोज र विदुरलाई डबल्स स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समा निहालजंग बहादुर […]

June 12, 2023

हिमरश्मी र एन्जल्स हार्ट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – हिमरश्मी र एन्जल्स हार्ट प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले काठमाडौं लिङकनलाई २२–१८ ले पराजित ग¥यो । हिमरश्मीको जितमा सविन लामाले ८ अंक योगदान गरे । रुपेश पौडेलको ७ अंक सहयोगमा एन्जल्स हार्टले जीवन ज्योतिलाई १९–१७ […]

June 12, 2023

हरिले जिते वेलम्यान समर रन २०२३ को उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना भएको वेलम्यान समर रन २०२३ को उपाधि नेपालका हरी कृष्ण बिष्टले जितेका छन् । दुवइ स्पोर्टस् काउन्सिलको सहकार्यमा अल बारारीमा भएको दौडमा तेक्वान्दोका प्रशिक्षक समेत रहेका बिष्टले १० किमि दौडमा विभिन्न राष्ट्रका सहभागीलाई पछाडी पार्दै उपाधि जित्न सफल भएको दुवइबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेको जगन अधिकारीले जानकारी गराए […]

June 12, 2023

दोश्रो साक चेस च्याम्पियनसिप भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोश्रो साक चेस च्याम्पियनसिप २०२३ भोलि जेठ ३० गतेबाट हुने भएको छ । असार ४ गते सम्म गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पुर्ण आवासीय सुविधासहित हुने प्रतियोगितामा महिला र पुरुष गरि दुई स्वर्ण पदकका लागि दक्षिण एशियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० […]

June 12, 2023

राइनास साइकल ट्रेल तथा पदमार्गको उद्घाटन

लमजुङ (हाम्रो खेलकुद) – लमजुङको राइनास नगरपालिकामा राइनास साइकल ट्रेल तथा पदमार्गको उद्घाटन गरिएको छ । राइनास नगरपालिकाका मेयर खड्ग बहादुर गुरुङले राइनास नगरपालिका वडा नम्वर ९ र वडा नम्वर १० मा रहेको झन्डै ८ किलोमिटरको राइनास साइकल ट्रेल तथा पदमार्गको उद्घाटन गरेका हुन् । राइनासको गौरवको योजना अन्तर्गत प्यारजुङ भन्ज्याङदेखि जोगी गुफा, साल्मेकोट, लामागाउँ, […]

Success

Thank you for your time.