default_image

General

February 5, 2020

एजे कप अन्तरविद्यालय भलिबल अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श ज्योति (एजे) सेकेण्डरी स्कुलको आयोजनामा छैटौं संस्करणको एजे भलिबल कप अन्तरविद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ ।    भक्तपुर सूर्यवनायकस्थित एजे स्कुलको कोर्टमा प्रतियोगिता फागुन २ गतेबाट हुने विद्यालयका प्रधानाध्यापक कृष्णराम दुवालले जानकारी गराए । प्रतियोगितमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छ । […]

February 4, 2020

ओलीलाई बेष्ट कोलम राइटिङ अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकार प्रज्जवल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्डअन्तर्गत बेष्ट कोलम राइटिङ जितेका छन् । विश्वभरका खेल पत्रकारहरुको साझा संस्था इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआइपिएस) ले गत वर्षदेखि आयोजना गरेको स्पोर्ट्स मिडिया अवार्डको ‘बेष्ट कोलम राइटिङ’तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो । हगेंरीको बुडापेस्टमा सोमबार राति भएको अवार्ड कार्यक्रममा […]

February 3, 2020

मनाङलाई च्यासलको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (सोमबार) दशौं राउन्डको तेस्रो दिन दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने दिनको पहिलो खेलमा यति प्रभु जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच बिहान ११ः३० बजे तथा अर्काे खेलमा लिगमा अपराजित रहेको मनाङ–मर्स्याङ्दी क्लब र च्यासल […]

February 2, 2020

हिमचुली र दिव्यदिपलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हिमचुली स्कुल र दिब्यदिप स्कुलले स्कुल डेभलपमेन्ट रिसोर्स बोर्ड (एसडिआरबी) कप भलिबल प्रतियोगिताको उापधि जितेको छ । हिमचुलीपुरुषतर्फ तथा दिव्यदिपले महिलातर्फको उापधि हात पारेको हो । भक्तपुर ठिमीमा आइतबार भएके फाइनलमा जनप्रेमी स्कुललाई ३–१ को सेटमा पराजित गर्दै हिमचुलीले उपाधि हात पारेको हो । हिमचुलीले जनप्रेमीमाथि २५–१५, २४–२६, २५–१७ र २५–१९ […]

February 2, 2020

मन्डेसहित साग पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । सागमा नेपाल प्रहरीमा आबद्ध खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य जितेको राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान समेत रहेका खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जनाएका छन् । […]

February 2, 2020

आर्मीलाई शीर्षस्थानमा उक्लने अवसर, शेर्पा र संकटा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (आइतबार) १०औं राउन्डको दोस्रो दुई खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा यति हिमालयन शेर्पा र संकटा क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ । […]

February 1, 2020

माल्दिभ्समा पोखरा युथलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –पोखरा युथ क्लबले माल्दिभ्समा भएको भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।  शुक्रबार राति भएको खेलमा पोखराले पर्वत युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै  उपाधि जित्न सफल भएको हो ।    माल्दिभ्सको मालेमा माघे संक्रान्तिको अवसरमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो […]

January 28, 2020

जावलाखेलसँग सचेत आर्मी, सरस्वतीलाई अर्काे मौका

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत नवौं राउन्डको दोस्रो दिन आज दुई खेल हुँदैछ । नवौं राउन्डको दोस्रो दिन पहिलो खेलमा यति हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबबीच बिहान ११ः३० बजे तथा प्रभु जावलाखेल युथ क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ । […]

January 26, 2020

पर्शुराम क्यानडामा दोहोरो स्वर्णसहित ग्रान्ड च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – करातेका पुर्व राष्ट्रिय खेलाडी पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा स्वर्ण पदक जित्न सफल भएका हुन् । पर्शुरामले सिनियर मेल काता क्लासिकमा पहिलो बाउटमा २८.२ अंक र […]

January 22, 2020

मेलबर्न स्टार्सलाई एडिलेडको बलियो लक्ष्य

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको एडिलेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । एलेक्स करिले २१ बलमा १ चौका र ३ छक्का सहित ३३ रन जोडे […]

Success

Thank you for your time.