default_image

General

June 15, 2020

प्रदेश १ मा खेलकुदको बजेट घट्यो

दिपक बोहोरा पाँचथर – प्रदेश १ सरकारले खेलकुदका लागि ३० करोड बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आव मा प्रदेश एकमा केहि रकम घटेर आएको हो । अघिल्लो आर्थिक वर्षमा प्रदेश नम्बर एकमा आर्थिक वर्ष २०७६/०७७ मा खेलकुदका लागि ४७ करोड ५५ लाख रुपैयाँको बजेट बिनियोजन भएको थियो । आर्थिक मामिला […]

June 15, 2020

नीतालाई स्वर्ण, रविन्द्र रजतमा खुम्चिए

काठमाडौं (हाम्रो खेलकुद) – सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । नीता आचार्यले स्वर्ण जित्दा रविन्द्र मानन्धरले रजत जितेका हुन् ।  केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको इभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई पराजित […]

June 14, 2020

एट्लेटिको र बिल्बाओको बराबरी

एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको खेलमा एथ्लेटिको बिल्बाओ र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा विल्वाओका इकर मुनिआइनले गोल गर्दा एट्लेटिकोका डिएगो कोस्टाले बराबरी गोल फर्काएका थिए । सान मामिस बारियामा आइतबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । एट्लेटिकोविरुद्ध राम्रो सुरुवात […]

June 14, 2020

तेक्वान्दो खेलाडीका लागि आईओएफटीसीको आठ लाख सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैर नाफामुलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौं उपत्यकासहित सातै प्रदेशमा समस्यामा परेका तेक्वान्दो खेलाडीको पहिचान गरी राहत उपलब्ध गराउने गरी आईओएफटीसीले ८ लाख रुपैयाँ […]

June 13, 2020

पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षक कुँवरद्वारा सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले राष्ट्रिय टोलीका आफ्ना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा शनिबार पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामाले सात जना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । कोरोना भाइरसको संक्रमणसँगै लकडाउनका कारण समस्या परेका खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरले सहयोग गरेका […]

June 12, 2020

बार्सिलोनाको मास्क सबैभन्दा महँगो

एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिद-१९) संक्रमणबाट जोगिन युरोपका शीर्ष ५ फुटबल लिगका ४९ क्लबहरुले समर्थकलाई आफ्नो क्लबको लोगो अंकित मास्क बेच्न थालेका छन् । युरोपमा कोरोना संक्रमणको दर घट्दै गएपछि फुटबल लगायत अन्य खेलकुद गतिविधि पनि सुचारु हुन थालेका छन् । यद्यपि दर्शकहरुको सुरक्षालाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल गराइने छ […]

June 8, 2020

व्यायामशाला खुलाउन फिटनेस संघको माग

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक सुगठन तथा फिटनेस संघले जिम तथा फिटनेस सेन्टर (व्यायामशाला) खुल्ला गर्नको लागि काठमाडौं जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष सुरेश सुवेदीको नेतृत्वमा संघले सोमबार सुरक्षित तरिकाले फिटनेस सेन्टरहरु खुलाउन माग गर्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा संसारभरका विज्ञहरुले यो महामारी छिटै नसकिने भएकोले […]

June 7, 2020

मानन्धर कराते काता च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कराँते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेका छन् ।   केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाइन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्द्धीलाई पछि पार्दै मानन्धर ३५–४५ बर्ष उमेर समूह ‘ए’ बाट फाइनलमा प्रवेश गरेका हुन् । मानन्धरले सेमिफाइनलमा भारतका […]

June 5, 2020

भर्चुअल अन्तर्राष्ट्रिय पुम्सेमा लक्ष्मणलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मणबहादुर ऐरले भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा गए राती सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् । उनले ६.७३ स्कोर गर्दै पहिलो अंक ल्याएका थिए । […]

June 2, 2020

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । कमल मगर र सञ्जयराज पुटुवारले नेपाललाई दोहोरो पदक दिलाए । पुरुष ताइचीको सफ्ट स्टायलमा […]

Success

Thank you for your time.